नेपाल तामाङ घेदुङ महानगर समितिको नयाँ नेतृत्व चयन
323 Views
पोखरा । नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिको तेस्रो अधिवेशन तथा ल्होछार शुभकामना आदान–प्रदान कार्यक्रम मिति २०८२ साल पौष २७ गते पोखरा चिप्लेढुङ्गास्थित दि भिलेज रेष्टुरेन्टमा सम्पन्न भएको छ।
अधिवेशन तथा बन्द सत्र नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका उपाध्यक्ष राम बहादुर तामाङ (शिवु) को अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ संघीय पूर्व अध्यक्ष धन प्रसाद तामाङ रहनुभएको थियो।
अधिवेशनले सर्वसम्मत रूपमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित समितिको अध्यक्षमा अन्जना तामाङ चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा मन कुमारी तामाङ, सचिवमा गंगा तामाङ, सह–सचिवमा सरिता तामाङ, कोषाध्यक्षमा जंगराज तामाङ सदस्यहरुमा गुट्ठिमाया तामाङ, अस्मिता तामाङ, कृष्ण तामाङ, दुर्गादेवी तामाङ, गौमती तामाङ, राम बहादुर तामाङ, आशा तामाङ, रत्न तामाङ र धनमाया तामाङ निर्वाचित हुनुभएको छ।
कार्यक्रममा प्रमुख अतिथि धन प्रसाद तामाङले तामाङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणका लागि महानगरको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। साथै, तामाङ समुदायको भावी आन्दोलन ज्ञानमा आधारित हुनुपर्ने सोनाम ल्होछार मान्ने प्रत्येक तामाङले चन्द्र पात्रोको आधारभूत ज्ञान अनिवार्य रूपमा राख्नुपर्ने बताउनुभयो। उहाँले ल्होछार केवल पर्व मनाउने विषय मात्र नभई त्यससँग जोडिएको पात्रो, दर्शन र परम्पराको वैज्ञानिक र ऐतिहासिक पक्ष बुझ्न आवश्यक रहेको उल्लेख गर्नुभयो। “अबको आन्दोलन भावनामा सीमित होइन, ज्ञानमा आधारित हुनुपर्छ भन्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
अधिवेशनसँगै ल्होछार शुभकामना आदान–प्रदान कार्यक्रम पनि सम्पन्न गरिएको थियो। कार्यक्रममा विभिन्न वक्ताहरूले तामाङ समुदायको संगठन सुदृढीकरण, एकता र भावी कार्यदिशाबारे धारणा राखेका थिए।





प्रतिक्रिया दिनुहोस