नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीको शुभकामना आदान प्रदान कार्यक्रम भोलि
247 Views
पोखरा । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीले यस वर्षको २८६२ औँ सोनाम ल्होछारको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम भोलि पौष २५ गते शुक्रबार दिनको १ बजे नेपाल तामाङ घेदुङ कास्कीको भवनमा आयोजना गरिने भएको हो।
कार्यक्रमका प्रमुख अतिथिमा नेपाल तामाङ घेदुङ संघीय पूर्व अध्यक्ष धनप्रसाद तामाङ रहनुहुनेछ भने विशेष अतिथिहरूमा केन्द्रीय उपाध्यक्ष दिपक तामाङ र पूर्व कार्यवाहक अध्यक्ष कुमबहादुर तामाङ रहनेछ। साथै जिल्ला अन्तर्गतका सबै इकाई तथा भातृ संगठनका अध्यक्षहरू अतिथिको रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
जिल्ला घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङले दिएको जानकारी अनुसार कार्यक्रममा तामाङ समुदायका अगुवा, बुद्धिजीवी, समाजसेवी, युवा, महिला तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहनेछ। सोनाम ल्होछार तामाङ समुदायको मौलिक चाड भएकाले भाषा, संस्कृति, पहिचान र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भक्त तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा शुभकामना आदान–प्रदानसँगै समुदायबीच आपसी सद्भाव र एकता सुदृढ गर्ने अपेक्षा गरिएको छ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीले सम्पूर्ण तामाङ समुदाय तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।





प्रतिक्रिया दिनुहोस