२७९औं नियमित साहित्य शृङ्खला सम्पन्न
249 Views
कास्की,५ पुष।साहित्य शृङ्खला पोखराको नियमित रचना वाचन तथा २७९औं शृङ्खला गैह्रापाटन पोखरामा संस्थाका अध्यक्ष लक्ष्मण गौतम “हिमाली”को अध्यक्षतामा भब्यताका साथ सम्पन्न भयो।
लोचना अधिकारी को स्वागत संगै सुरु भएको उक्त कार्यक्रममा त्रीलोचन ढकाल ले आफ्नो निवास पर्वत फापरथुम स्थित आनन्द आश्रममा निमन्त्रणा गर्दै संगै हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता गर्नुभयो।
कार्यक्रममा कवि एकदत्त लम्साल,सुवास अधिकारी,लक्ष्मी प्रसाद पौडेल,गायत्री पराजुली,गीता तिवारी,छबिलाल आचार्य,छबि सुवेदी,अद्भिका सुवेदी,ऋषिकेश बराल,स्ट्रगल राना,विध्याबिमल बराल,त्यसैगरी लघु कथाकार धन बहादुर नेपाली,कल्याण पन्त,ढाकामोहन बराल,यादबचन्द्र भुर्तेलले कथा सुनाउनुभयो।
संस्थाका सल्लाहकार रामराज रेग्मी,नारायण परिश्रमी,समाजसेवी गेहेन्द्रेश्वर कोइराला ले आफ्नो महत्वपुर्ण बिचार प्रस्तुत गर्नुभएको सो कार्यक्रममा वाचित रचनाको समिक्षा परशुराम कोइरालाले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सहसचिव बिकास लुङ्गेलिले गरेका थिए!





प्रतिक्रिया दिनुहोस