वहृत फेदीखोला पोखरा सम्पर्क समाजको अध्यक्षमा विजय पौडेल
305 Views
पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा जन्म भई स्थायी, अस्थायी वा पेशा व्यवसाय गरी पोखरामा रहने सम्पूर्ण फेदीखोलेहरुको साझा संस्था बृहत फेदीखोला पोखरा सम्पर्क समाज पोखरा कास्कीको छैठौँ साधारण सभा तथा तेस्रो अधिवेशनले विजय पौडेलको अध्यक्षतामा २ वर्षको लागि १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समाजको प्रथम उपाध्यक्षमा लाल कार्की (अन्जान), द्धितीय उपाध्यक्षमा कुलबहादुर रानाभाट(मन), सचिवमा मीन प्रसाद सुवेदी, सहसचिवमा जीत बहादुर क्षेत्री (राजकुमार), कोषाध्यक्षमा सुर्य प्रसाद गौतम (अनिष), र सदस्यहरुमा नरेन्द्र कुमार कार्की, देविका कार्की अधिकारी, गंगा कुमारी शर्मा कुँवर, प्रेमनाथ पौडेल, दिपेन्द्र पौडेल, सारदा रानाभाट, डिल बहादुर अधिकारी (रामचन्द्र), र उदयराज पौडेल (मनोनित) रहेका छन् ।
कानुनी सल्लाहकार टंक पौडेलको संयोजकत्वमा कमल सुवेदी र रक्षा गोदारको निर्वाचन समितिले निर्वाचत गरेको थियो । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण पनि गराइएको थियो ।
सभाले सचिव मीनप्रसाद सुवेदीको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजकुमार क्षेत्री (राजकुमार) को आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
कार्यक्रमका प्रमुख आतिथि समाजसेवी पुण्यप्रसाद सुवेदीले कार्यक्रमको उद्घाटन गर्दै समाजले उत्कृष्ट कार्य गरिरहेको छ, आगामि दिनहरुमा पनि निरन्तरता दिन आग्रह गर्दै आफुले सक्ने सहयोग सदा गरिरहने पनि प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यसै गरी फेदीखोला गाउँपालिका उपाध्यक्ष देवकुमारी गुरुङ, संस्थाका संस्थापक अध्यक्ष अभिलाष गुरुङ, निवर्तमान अध्यक्ष कृष्ण बहादुर क्षेत्री (उदय), सल्लाहकारहरू तथा अक्षयकोषदाताहरू मेजर डिल बहादुर गुरुङ्ग, डा. चन्द्र बहादुर गुरुङ्ग, कानुनी सल्लाहकार टंक पौडेल, फेदीखोला गापा वडा नं १ का वडा अध्यक्ष अमृत क्षेत्री, वडा नं ४ का वडा अध्यक्ष ख्याम नारायण पौडेल, समाजसेवी आदरणीय व्यक्तित्व पुष्पराज बराल, टिकाराम पौडेल, यम प्रसाद पौडेल, दयाराम लामिछाने, पुर्व प्रहरी उपरीक्षक पदम प्रसाद सुवेदी, समाजसेवी जितजङ कार्की, मिडिया संयोजक पत्रकार कृष्ण रानाभाट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा समाजसेवी हवल्दार मेजर नरकाजी गुरुङ्ग, मिलन बहादुर के.सि. र उदयीमान गायक विशाल रानाभाट, संस्थामा उत्कृष्ट कार्य सम्पादन गर्ने एक पदाधिकारीहरु मध्ये बाट जित बहादुर क्षेत्री (राजकुमार) लाईसम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष जगदीश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष विजय पौडेलले र संचालन सचिव मीन प्रसाद सुवेदीले कार्यक्रम संचालन गरेका थिए ।





प्रतिक्रिया दिनुहोस