४/४ जि. आर. माण्डले भू.पू. संघ पोखराको चौथो साधारण सभा सम्पन्न
188 Views
पोखरा । ४/४ जि. आर. माण्डले भु.पु. संघ पोखराको चौथो वार्षिक साधारण सभा, विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम शनिबार पोखरामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि क्या. जसबहादुर गुरुङले कार्यक्रमको उद्घाटन गर्दै सेवामा हुँदा पनि साथमा भएको वताउँदै सेवा निवृत्त पछि पनि साथमै एक परिवार भएर रहन पाएकोमा खुशी लागेको वताए ।
काफर हुनु भन्दा मर्नु राम्रो भन्ने नारामा विश्वास गर्ने भारतिय गोर्खा सेनामा लामो समय विभिन्न दर्जामा सेवा गरेर निवृत्त भएका भुपु भारतिय सैनिकहरुको साझा संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको संघका अध्यक्ष सु.मे. लिल बहादुर गुरुङले वताए ।
सो अवसरमा जिल्ला समन्वय समिति पर्वतका उपाध्यक्ष सोम जिसि, संस्थापक अध्यक्ष क्या. बुद्धिमान गुरुङ, सल्लाहकारहरु मे. केके गुरुङ र नायक राम प्रसाद गुरुङ, एसएम क्या. रामलक्ष्मण थापा, सु.मे. चेत बहादुर गुरुङ लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
सभाले सचिव ह. खेम बहादुर गुरुङको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष क्या. दिल बहादुर थापाको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
साधारण सभाको अवसरमा सु. चन्द्र बहादुर गर्बुजालाई सम्मान पत्र र खादाले सम्मान गरिएको थियो भने ८० बर्ष माथिको जेष्ठ सदस्य सम्मानबाट क्या. शेरबहादुर गुरुङलाई सम्मान गरिएको थियो ।
संघका अध्यक्ष सु.मे. लिल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसचिव कृष्णमान श्रेष्ठले र संचालन सचिव ह. खेम बहादुर गुरुङले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस