“पुजा विश्वकर्म”भियतनाममा अन्तराष्ट्रिय सम्मानित
429 Views
काठ्माण्डौं,भदौं। बिगत लामो समयदेखि बेवारिसे शव व्यवस्थापन कार्यमा निरन्तर समर्पित समाजसेवी पूजा विश्वकर्मा यत्तिबेला भियतनाममा सम्मानित भएकी छन् ।
भियतनामकी वरिष्ठ समाजसेवी तथा राष्ट्रपति परिवारकी खम्बा” ह्विन थि लिउ”ले उनको कर्मको सम्मान “बेवारिसेको कदर” भन्ने भावनासहित विशेष अवार्ड प्रदान गरेकी छन् ।
पूजा विश्वकर्मा लामो समयदेखि सडकमा बेवारिसे अवस्थामा मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन, दाहसंस्कार तथा अन्त्येष्टि कार्यमा सक्रिय रूपमा लागिरहेकी छिन् । समाजले हेपेर पन्छाउने, बेवास्ता गर्ने, ‘नाम–थर नभएका’ शवलाई पनि समान सम्मानका साथ अन्तिम संस्कार गर्ने उनको कर्मप्रति अन्तर्राष्ट्रिय समाजसेवी व्यक्तित्वहरूले समेत उच्च मूल्याङ्कन गरेका छन् ।
यस अवार्डले उनको समाजसेवाप्रतिको निरन्तर योगदानलाई कदर मात्र गरेको छैन, भविष्यमा विपन्न, असहाय र बेवारिसे समुदायका लागि अझ समर्पित भएर काम गर्ने प्रेरणा पनि दिएको छ ।
पूजा विश्वकर्माले यस अवसरमा भनेकि छिन् । “मानवीय सेवा भनेको धर्मभन्दा ठूलो कर्म हो । यो अवार्ड मेरो व्यक्तिगत मात्र होइन, असंख्य बेवारिसे आत्माहरूको सम्मान हो । अझ ठूलो जिम्मेवारीको अनुभव गर्दै भविष्यमा पनि मानवता र करुणालाई केन्द्रमा राखेर सेवाकार्यलाई निरन्तर अघि बढाउने जानकारी दिएकी छिन् ।





प्रतिक्रिया दिनुहोस