रोटरी क्लबद्वारा कास्किकोटको काश्यपताल वरपर वृक्षरोपण सम्पन्न
386 Views
पोखरा । रोटरी क्लब अफ पोखरा भ्याली, लेकसाईड, न्यूरोड, क्यापिलट र प्याराडाईजको सम्युक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं. २४ स्थित काश्यप तालको परिसरमा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
कास्कीकोटको ठुली पोखरीको नामले पनि प्रशिद्ध काश्यप तालमा फलफुल तथा औषधि जातका धुपि, अमला, अम्बा, बेल, पारिजात, चिउरी, तेजपत्ता जातका वेर्ना सारिएको राेटरि क्लब अफ पाेखरा न्युराेडका पब्लिक रिलेसन चेयर रामबिक्रम अधिकारीले बताए ।
सो अवसरमा पोखरा महानगरपालिका वडा नं. २४ का वडा सचिव इन्द्रबहादुर जिसी, रोटरी इन्टरनेशलन डिस्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर बाबुराम बराल, डिस्टृक्ट सेक्रेटरी सुबास सिग्देल, रोटरी क्लब अफ पोखरा लेकसाईडका अध्यक्ष राजेन्द्र लिगल, पोखरा न्युरोडका अध्यक्ष अमृत वास्तोला, पोखरा प्याराडाइजका अध्यक्ष भोजराज पाण्डे लगाएतले बोलेका थिए ।
कार्यक्रममा डिस्टृक्ट अफिसियल, विभिन्न क्लबका राेटरी सदस्य, रोट्र्याक्ट, इन्टर्याक्ट, स्पाउस, समाजसेवी लगाएतको उल्लेख उपस्तिथि रहेकोे थियो ।
रोटरी क्लब अफ पोखरा प्याराडाइजका अध्यक्ष देवीप्रसाद वस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा संचालन रोटरी क्लब अफ पोखरा भ्यालीका नविनराज बरालले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस