साहित्य शृङ्खला पोखराको नियमित रचना वाचनको २७४औं शृङ्खलामा प्रवेश
794 Views
कास्की,३ साउन । साहित्य शृङ्खला पोखराको नियमित रचना वाचनको २७४औं शृङ्खला २०८२श्रावण ३ गते शनिवारका दिन पश्चिमाञ्चल मा बि,गैह्रापाटन पोखराको सभाहलमा गित,कबिता,कथा र स्रस्टाहरुको अब्बल रचना वाचन सहित विशिष्ट साहित्यकारहरुको उपस्थितिमा भब्य रुपमा सम्पन्नभयो।
शृङ्खलाको कार्यक्रममा बाम बुद्धिजिवी रामराज रेग्मीले अध्यात्मबादी चिन्तन र भौतिकबादी चिन्तनबारे प्रस्ट्याउदै दर्शनका बारे छोटो धारणा ब्यक्त गर्नुभएको थियो।अर्का बुद्धिजिवी पुर्व पि एन क्याम्पस प्रमुख गेहेन्द्रस्वर कोइरालाले रचनाहरु थोरै मात्रामा भए पनि परिमार्जित हुँदै गएकोमा खुसी ब्यक्त गर्दैहामी पनि परिवर्तन हुनुपर्ने कुरामा जोड दिनु भएको थियो।
कार्यक्रममा बाम बुद्धिजीवी,समाजसेवी क्रान्तिकारी कम्युनिस्ट पार्टिका केन्द्रिय सल्लाहाकार रामजी थापाले समाजको बिम्ब साहित्य भएकोले बिकृती,बिसंगति,अन्याय,अत्याचार भ्रस्टाचारका बिरुद्ध खुलेर कलमजिवीहरुले कलम चलाउने अभ्यास गर्दा आम जनता र समाजमा सुखद सन्देश जाने कुरा सोअबसरमा दर्शाउनु भएको थियो।
शृङ्खलाको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका सभासदस्य प्राज्ञ नारायण मरासिनीले हाम्रो घर आगनीमा भित्री रहेको चाडपर्वहरु मौलिक हुन छोडेको रयस्ता खालका पर्वहरुले झन बिकृती ,विभेद निम्त्याइरहेको कुरा औंल्याउंदै समिक्ष्यात्मक टिप्पणी राख्दै स्रस्टाहरुद्वारा बाचित सबै रचनाहरुको मिहिनसमीक्षा गर्नुभएको थियो।
पोखरा प्रज्ञाप्रतिष्ठानका पुर्व कुलपती जनगायक पद्माराज ढकालले पोखरा लाई शब्दमा उनेर यहाका बिबिधता,ताल तलैया,प्रकृतिका बारेमा लेखिएकोगित कौराहा लयमा गाउदा हल गुन्जायमान भएको थियो।बिच बिचमा सङ्गम सांस्कृतिक मन्चका कलाकारहरु बिकास लुङ्गेली,डि बि बान्तवा,देउमायातामाङ,चियाङ तमु,आर्यन थापाले जनबादी गित गाएका थिए।
गण्डकी साहित्य सङ्गमका अध्यक्ष एबम शृङ्खलाका पुर्व संयोजक भिम रानाभाटले मौलिक तिजे भाकाका गितहरु गाउनु भएको थियो।सोही अबसरमालघुकथा प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापाले कबिता सुनाउनु भएको थियो।लघुकथा प्रतिष्ठानकै उपाध्यक्ष लघुकथाकार कल्याण पन्तले अहिलेकोपरिबेशलाइ ब्यंग्य गर्दै भ्रस्टचार सम्बन्धिको रोचक लघुकथा सुनाउनु भएको थियो भने अर्का लघुकथाकार ढाकामोहन बरालले एउटा (अ)गजल भन्दै मीठोगजल र लघुकथा सुनाउनु भएको थियो।प्रगतिशील लेखक संघ,कास्की अध्यक्ष छबिसुबेदी बिजयीले आकर्षक कबिता वाचन गर्नु भएको थियो।
बिम्बकवी रमेश श्रेष्ठले चराहरुको पहाड कृतिबाट प्रगतिशिल कबिता सुनाउनु भएको थियो।अर्का स्रस्टा बिक्रम थापाले असार नामको ब्यङ्ग्य कबितासुनाउदा साच्चै पहिले र अहिलेको असार फर्क भएको भान भएको थियो।बिद्याबिमल बरालले दास र दासताका बारेमा राम्रो प्रगतिबादी कबिता प्रस्तुत गर्नुभएको थियो।शृङ्खलाका सल्लाहाकार नारायण परिश्रमी र अल्पबिराम पोखरेलीले चोटिलो लघुकथा सुनाउनु भएको थियो।
छबिलाल आचार्यले साउने सक्रान्तिलाइ लुते सक्रान्ती
नाउले पुकार्दै यहाँ भएका बिसङ्गती बिकृतिलाइ लुतो फाले झैं फाल्नु पर्ने कुरामा जोड दिदै मीठो छन्दोबद्ध कबिता बाचन गर्नु भएको थियो।पत्रकार एबमसाहित्यकार रुद्रबहादुर थापा,सानी नानी प्रेरणा कुमारी,प्रमिला सुनारले पनि छन्दोबद्ध कबिता सुनाउनु भएको थियो।यादब चन्द्र भुर्तेलले रोचक संस्मरणयुक्त यथार्थ कथा सुनाउनु भएको थियो।शृङ्खलाका सदस्य गिता तिवारी,लिला पण्डित,भक्त रसाइलीले यथार्थपरक र विभेद विरुद्धको कबिता बाचनगर्नु भएको थियो।कार्यक्रममा शृङ्खलाका परिकल्पनाकार धन प्रसाद तामाङ,अग्राधार न्युजका सम्पादक राम घले परियारको समेत उपस्थिती रहेकोथियो।
शृङ्खलाकि अध्यक्ष लक्ष्मी थापाले उपस्थित सबैलाइ धन्यबाद दिदै आफ्नो शक्तिशाली कबिता बाचन गर्नु भएको थियो।कार्यक्रमको अध्यक्षता लिलापण्डितले गर्नु भएको थियो भने उपस्थित स्रस्टाहरुलाई बिकास लुङ्गेलीले स्वागत गर्नुभएको थियो।२७४ औं शृङ्खलाको कार्यक्रमलाई अग्राधारटेलिभिजनले छायंकन समेत गरेको थियो।कार्यक्रमलाई अग्राधार युट्युब चानल मार्फत हेर्न सकिने कुरा सचिवले कार्यक्रमको सन्चालनका क्रममाजानकारी गराएका थिए।





प्रतिक्रिया दिनुहोस