एलिनाका पुर्व पति विष्णु सापकोटा कानुनी प्रक्रियामा जाने चेतावानी
482 Views
काठ्मान्डौं,२ साउन । चर्चित गायिका एलिना चौहानको पुर्व पति विष्णु सापकोटाले अस्ट्रेलियामा नै कानुनी प्रक्रियामा जाने उल्लेख गरेका छन् ।
विष्णु सापकोटाको प्रेस वक्तव्यको मुख्य अंश:
मानसिक पीडा:
उनले भनेका छन् कि आफू कठोर शब्द, धम्कीपूर्ण सन्देश, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासका कारण गम्भीर मानसिक तनावमा छन्।
सामाजिक प्रतिष्ठामा आघात:
टिकटक लगायत सामाजिक सञ्जालमा आफ्नो विरुद्ध भइरहेका अनावश्यक र भ्रामक भिडियो तथा गतिविधिहरुले आफ्नो व्यक्तिगत जीवन रसामाजिक प्रतिष्ठामा गम्भीर असर पारेको उल्लेख गरेका छन्।
कानूनी प्रक्रिया सुरु:
उनले अष्ट्रेलियामा व्यक्तिगत मानहानि तथा व्यवसायिक क्षतिको क्षतिपूर्तिसहित कानूनी प्रक्रिया अगाडि बढाइसकेको बताएका छन्।
न्यायप्रति विश्वास:
सापकोटाले कानून सबैका लागि बराबर हुने र न्यायको मार्ग पनि त्यही भएकोले आफूले कानूनी बाटो रोजेको बताएका छन्।






प्रतिक्रिया दिनुहोस