भविश्य खोज्दै साउदी पुगेका सन्तोष फर्किदा बाकासमा
375 Views
रामेछाप,१३असार । नेपाली युवाको साउदी अरबमा दुःखद निधन भएको छ ।
रामेछाप जिल्ला रामेछाप नगरपालिका–८ सल्ले निवासी सन्तोष तामाङको मृत्यु भएको हो । सन्तोष तामाङ ३ महिना अगाडी मात्रै साउदी पुगेका थिए ।
साउदीमा सवारी सादान चलाउने क्रममा सादनमा समस्या देखिएपछि दोस्रो सवारी सादन बोलाएर तान्ने क्रममा टुचन टुडिएर उनको टाउकोमा गहिरो चोट लागेपछि घटनास्थलमै मृत्यु भएको स्रोतले जनाईएको छ ।
तामाङको पार्थिव शरीर (२०८२ असार १३ गते, शुक्रबार) बिहान ७ :०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं पुगेका थिए।
मृतकको अन्तिम संस्कार तामाङ रिवाज अनुसार शुक्रबार बिहान १०:०० बजे जम्बु डाँडामा सम्पन्न गरिएको छ ।





प्रतिक्रिया दिनुहोस