चर्चित गायक तथा संगीतकार अनिल लामाको शैलुङ्गे मेला भाग दुई भिडियो सहित सार्बजनिक
322 Views
काठमाडौं । चर्चित गायक तथा संगीतकार अनिल लामाको शैलुङ्गे मेला भाग दुई भिडियो सहित सार्बजनिक भएको छ । बिहिबार अनिल लामा एफिसियल युट्युव च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियो सार्बजनिक गरिएका हुन् ।
गीतको शब्द र संगीत अनिल लामाकै रहेको छ भने आवाज राजु लामाको रहेको छ । जहाँ चर्चित गायिका जितु लोप्चनको ब्याकिङ भोकल रहेको छ भने अर्का चर्चित गायिका सुमिना लो, रेश्मा बोम्जन र लक्ष्मी स्याङ्तानको कोरस् आवाज रहेको छ । भिडियो तर्फ भने गीतको सर्जक अनिल लामाले नै तयार गरिएको कथामा सोनाम पाख्रिनको निर्देशनमा गायक राजु लामा, एलिशा राई र कुईसाङ रुम्बाको अभिनय रहेको छ । शुक्रबार सार्बजनिक भएको उक्त गीतको भिडियो लोकप्रिय गायक मंगोलियन हार्टका राजु लामलाई फरक लुक्स्मा देख्न सकिनेछ ।
बिलकुलै माया पिरतिमा आधारित शैलुङ्गे मेला भाग १ को अपार सफलता पछि अनिल लामाले भाग दुई पनि भिडियो सहित सार्बजनिक गरेका हुन् । यद्यपि भिडियोमा तयार पारिएको कथा सहजै बुझ्नको लागि भने थोरै गाह्रो हुने बुझिन्छ । गीतका सर्जक गायक तथा संगीतकार अनिल लामाको अनुसार शैलुङ्गे मेला भाग दुईलाई बुझ्नका लागि भने भाग एक हेर्नै पर्ने बताउँछन् । उनको अनुसार भाग एककै कथालाई आधारित मानेर तयार गरिएको भाग दुईमा फरक र पृथक तवरले अडियो र भिडियो तयार पारिएको छ ।
चार बर्ष अघि मात्रै सार्बजनिक गरिएको भाग १ डिजिटल बजारमा निक्कै दर्शकले रुचाईएको गीत हो । भाग दुईमा भने भिडियोलाई अत्यन्तै रोचक र भावनात्मक तवरले दृश्य समेटिएको पाईन्छ । यो गीतको भिडियोले मायामा त्याग तपस्या, मिलन, बिछोड र वियोगान्तको कथा बोकेको सहजै देख्न सकिनेछ । तसर्थ यो गीतको भिडियोले दर्शकलाई भावुक बनाउन सकिन्छ । बजारमा पछिल्ला समय फरक फरक कथा बस्तुमा आधारित गीतको भिडियोहरु आईरहेको यो बेलामा लामाले भने पृथक कथावस्तुमा तयार पारेर नयाँ कोसेली सार्बजकि गरेका छन् । यद्यपि भाग एकको शाख भाग दुईले जोगाउला कि जोगाउँदैन भन्ने विषय भने लामालाई अग्नि परिक्षा बनेको छ ।





प्रतिक्रिया दिनुहोस