“मातातिर्थ औंसी”बारे लघुकथा साहित्यकार(काजी गाउंले)
609 Views
कास्की,१४ बैशाख ।
लघुकथा
———–
” मातातिर्थ औंशी”
“आमा! हजुरले मुक्तिनाथ जाउँ जाउँ भन्नू भाथ्यो नि,बल्ल मेरो फुर्सद मिल्ने भयो,अब यो समयमा जादा मौसम एकदम राम्रो हुने रहेछ,औंशी नुहाउन अघिल्लो दिन नै हिड्नु पर्छ,फेरफार कपडा पनि पोको पार्नुस,तिर्थ जाने तैयारी गर्नु है आमा!”भक्ती प्रसादले एकै स्वासमा आफ्नो योजना आमालाइ सुनाए।अलि बर्ष अघि देखिकै छोराको साथ आफ्नो मुक्तिनाथ जाने रहर पूरा हुन लागेकोमा आमाको अनुहार एकाएक उज्यालिएको थियो।बुहारीले के भन्ने हुन,छोराको मनस्थिती त्यति बेला सम्म परिवर्तन हुने पो हो कि,आमाको मनमा एक किसिमको सन्त्रास भने यथावत थियो।
“छोराको कुरा सुन्नु भयो आमा?छोराको फुर्सदमा जानुस।फेरि पछि जान्छु भने नि जान पाइदैन,यता अफिसमा पनि छुट्टि मिल्दैन।यो पाला सर्खारले यत्रो महान पर्वमा पनि छुट्टि दिएन।घर कुर्नको लागि मैले नि छुट्टि लिएको छु।”एकनाश सोचिरहेको बेला बुहारीको स्वरले आमलाई झस्काइदियो।
” लौ हुन्छ त नि तिमिहरु भन्छौ भने।”बल्ल आमालाई दुबै जनाले उहीँ कुरा सुनाए पछि बिस्वास जाग्यो।आमाको पनि स्विकारोक्ती आयो।केही दिन देखि छोरा,बुहारी दुबै जनाले मीठो बोल्ने राम्रो व्यवहार गरेकोमा आमा दङ्ग थिइन।झन अहिले त तिर्थ जाने कुरा नै आए पछि आमाको खुसिको आँसु आखाको डिलमा टलपलाएको थियो।
भोलि पल्टै जाने निधो भयो,बिहानै उठेर बाग्लुङ कालिका ,गलेश्वरधामको दर्शन गर्ने,तातोपानी ,कागबेनी हुँदै मुक्तिनाथ सम्मको यात्राको बारेमा छोरा बुहारी दुबैले एकसाथ सुनाए।सोही अनुसार बाग्लुङ कालिकाको दर्शन गरेर गलेश्वरधाम पुग्दा साझ भैसकेको थियो।
“आमा! आज साझ पनि पर्यो,माथी एकैचोटी जादा लेक लाग्ने डर हुन्छ,यतै बस्ने बन्दोवस्त गरेको छु।यहाँ बृद्धबृद्धाहरुलाई मात्र बस्ने ब्यबस्था हुन्छ।म भने बाहिर बस्छु।भोलि बिहानै उठेर गयौं भने मुक्तिनाथ नुहाउन पुगिन्छ।”भक्ती प्रसादले आमालाई त्यहिं छाडेर बाहिरिए। रातको बाह्र बजे आफ्नै घरको बेडबाटै दुबै जना मिलेर आमाको तस्वीर सहित आमा औशीको शुभकामना पोष्ट गरेर आनन्दको निद्रा सुते।
काजी गाउँले
पोखरा।





प्रतिक्रिया दिनुहोस