रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदानप्रदान
402 Views
पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार नयाँ सिद्ध मार्ग स्थित आफ्नै भवनमा सम्पन्न गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले उद्घाटन गर्दै बच्चै देखि रेडक्रसमा लागेको कारण रेडक्रस अभियानमा लागेको र आज आफ्नै बहुउद्देश्यीय भवनमा कार्यक्रम गर्न पाउँदा गर्व लागेको बताए ।
उनले सबैको सहयोगमा भवन निर्माण गरिएको हुँदा भवनलाइ धेरै भन्दा धेरै सदुपयोग गर्न आग्रह गरेका थिए ।
पोखरा ९ का वडा सचिव कुलराज पौडेल,नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश सभापति सुर्य प्रसाद ढकाल, टोलबिकास संस्था वडा समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी, नेवा मिसा पुच नयाँबजारकी अध्यक्ष कोपिला श्रेष्ठ, जेष्ठ नागरिक मञ्च, पोखरा ९ का अध्यक्ष शेष नारायण पौडेल, भित्तेपात्रो प्रकाशन उपसमिति संयोजक कृष्ण रानाभाट, वडा बाल मञ्च पोखरा ९ कि अध्यक्ष परि बस्नेत लगाएतले बोलेका थिए ।
उपशाखा सभापति राजेन्द्र पहारीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति लक्ष्मी पहारीले स्वागत र संचालन सचीव बासुदेब तिम्सिनाले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस