291 Views
पोखरा । टोल बिकास संस्था वडा समन्वय समिति पोखरा ९ को आयोजना, पोखरा महानगरपालिका वडा नं ९ को सहकार्य तथा साँघुमुख (महेन्द्रपुल) टोलबिकास संस्था र महेन्द्रपुल महिला जागरण समुहको ब्यबस्थापनमा टोलबिकास संस्था, आमा समुह र महिला समुहका अध्यक्ष र सचिवलाई नेतृत्व बिकास तथा ब्यबस्थापन सम्बन्धि १ दिने प्रशिक्षण सोमबार सम्पन्न भयो ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले उद्घाटन गर्दै संस्थालाई संस्थागत रुपमा संचालन गर्नको लागि पनि तालिमको आबश्यकता रहेकोे बताउँदै तालिम लिए पछी ब्यक्तिमा केही न केही परिवर्तन हुने बताएका थिए ।
पोखरा ९ मा गठित २० टोल बिकास संस्था, १८ आमा/महिला समुहका ६० जनाको सहभागीता रहेकोे थियो भने प्रशिक्षण अनुभवी राष्ट्रिय प्रशिक्षक भक्तराज रसाइलीले दिएका समितिका अध्यक्ष उत्तम जोशीले बताए ।
दुई सत्रमा बिभाजन गरि भएको उक्त प्रशिक्षणमा प्रशिक्षक रसाइलीले पहिलो सत्रमा संस्थागत बिकास तथा ब्यबस्थापन र दोश्रो सत्रमा नेतृत्व बिकास सम्बन्धि प्रशिक्षण दिएका थिए ।
पोखरा ९ का वडा सदस्यहरु गिता चम्राकार, नन्दराम गिरि र लक्ष्मी पहारी, महेन्द्रपुल महिला जागरण समुहकी अध्यक्ष सरोजिन कायस्थले कार्यक्रम सफलताको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए ।
टोलबिकास संस्था वडा समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रम बारेमा ब्यबस्थापन संस्थाका अध्यक्ष बिकल शाही र कार्यक्रम संचालन सचिव रोशन मानन्धरले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस