नेवा मिसा पुच नयाँबजारको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण
291 Views
पोखरा । नेवा मिसा पुच नयाँबजारको आयोजनामा नयाँ वर्ष २०८२ को भित्तेपात्रो लोकार्पण तथा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले कार्यक्रमको उद्घाटन गर्दै जनप्रतिनिधिको तर्फबाट काम गर्दाको अनुभव व्यक्त गर्दै आफुले सबै जातिको भाषा संस्कृति, संस्कारको संरक्षण तर्फ ध्यान दिएको बताउँदै ब्यक्तिले जस्तो संस्कार अबलम्बन गर्छ त्यही जाति समुदायको हुने बताउनु भयो ।
नेवा: खल: कास्कीको अध्यक्ष अशोक पालिखेले आफ्नो भेषभुषा, भाषा संस्कृतिको संरक्षण र संबर्धन आफैले गर्नुपर्ने बताउँदै युवा पुस्तामा हस्तान्तरण गर्दै जानुपर्ने आबश्यकता रहेको बताउँनु भएको थियो ।
नेवा: मिसा पुच: कास्की अध्यक्ष संगिता बज्राचार्य देखिने पीडा र नदेखिएको पिडाले नै जीवनमा धेरै कुरा सिकाइ रहेको बताउँदै जन्म देखि मृत्यु संस्कार समेटिएको पुस्तक प्रकाशनमा सबैको साथ र सहयोगको अपेक्षा गर्नु भएको थियो ।
निवर्तमान अध्यक्ष यमुना तझ्या श्रेष्ठले हामीलाई कसैले छुट्टाउन खोज्दैमा हामी छुट्टीने छौनौ भन्दै । गृहणीहरु घर बाट निस्कन गार्हो थियो अहिले सबैले समय ब्यबस्थापन गरेर सामाजिक कार्यक्रमहरुमा सहभागी हुन सकेका छौ ।
सो अबसरमा नेवारी पत्रीका पोखरा भिन्तुनाका प्रकाशक तथा प्रधान सम्पादक उदय बहादुर अमात्य,
संस्थाका सल्लाहकार बेदकुमार श्रेष्ठलगाएतले आफ्नो भनाइहरु राख्नु भएको थियो ।
नेवा: मिसा पुच: नयाँबजारकी अध्यक्ष कोपिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मिना माकाजु र संचालन सचिव उषा सिल्पकारले गर्नु भएको थियो ।





प्रतिक्रिया दिनुहोस