ऋषिङको पिपलटारमा तेस्रो चैतेदशैं कप हुने
708 Views
पोखरा । तनहुँ जिल्लाको दक्षिण भेगमा रहेको प्रशिद्ध कालिगण्डकी नदिको किनारमा अवस्थित ऋषिङ गाउँपालिका वडा नंं. ५, पिपलटारमा चैते दशैंलाई लक्षित गरि तेस्रो चैते दशैं कप २०८१ हुने भएको छ । सो अवसरमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता पनि गरिने आयोजक अकलादेवी युवा क्लबका अध्यक्ष वालकृष्ण दराईले वताए ।
परापुर्व कालदेखि नै चैते दर्शैं तथा राम नवमी पर्वको अवसरमा पिपलटारमा हुँदै आएको ऐतिहासिक चैते दशैं मेलाको संरक्षण, सम्बद्र्धन तथा स्थानिय युवाहरु विचमा भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्धेश्यले २०७९ साल देखि भने नियमित रुपमा प्रतियोगिता गरिर्दै आएको अध्यक्ष दराईले वताए ।
भलिबल प्रतियोगितामा प्रथम, दितिय र तृतियले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार, सिल्ड, ट्रफि, मेडल प्राप्त गर्ने छन् । साथै उत्कृष्ट खेलाडि विधा अन्तरगत वेष्ट प्लेयर, वेष्ट सेटर र वेष्ट स्पाईकरले पनि आकर्षक पुरस्कार प्राप्त गर्ने छन् ।
२०८१ चैत्र २३ गतेदेखि २५ गते सम्म प्रतियोगितामा १५ भन्दा वढि टिम सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । दर्ता शुल्क प्रति टिम ३ हजार तोकिएको कार्यक्रम संयोजक अनिल पाटा मगरले वताए ।
उक्त प्रतियोगिताको लागि ऋषिङ गाउँपालिका कार्यालय, सामुदायिक बन समितिहरु, समाजसेवी तथा स्थानिय युवाहरुको साथ र सपोट रहेको उनले वताए ।





प्रतिक्रिया दिनुहोस