पोखरा ९ का दलित परिवारलाई जिविकोपार्जनको लागि कुखुराको चल्ला बितरण
399 Views
पोखरा । वडास्तरिय दलित संजालको आयोजना र पोखरा महानगरपालिका वडा नं. ९ को सहकार्यमा वडा नं. ९ का ५० दलित तथा आर्थिक स्थिति कमजोर घर परिवारलाइ प्रती परिवार १० वटा कुखुराका चल्ला र बितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले कार्यक्रमको उद्घाटन गर्दै बोली खाने लाई गरि खाने बनाउन वडा लागेको बताउँदै महेन्द्रपुलमा हरेक बिहिवार हुने कृषि बजारमा लगेर बेचेर देखाइदिनु हुन अनुरोध गरेका ।
दुई आनाको घरमा कृषि गर्ने भनेर खिसी गर्ने जनप्रतिनिधिलाई देखाउन पनि कौसी खेती गरेर आफुले उपभोग गरेर बाँकी रहेको बिक्रि बितरण गरि आय आर्जन गर्नुपर्ने बताएका थिए ।
सो अबसरमा वडा सदस्यहरु नन्दराम गिरि र गिता चम्राकार, वडा सचिव कुलराज पौडेल, टोलबिकास संस्था समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी, वडा स्तरिय कृषि संजालका अध्यक्ष विमला रानाभाट, कृष्णटोल टोलबिकास संस्थाका अध्यक्ष रुपा केसीलगाएतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै वडाबासीलाई आबश्यकता अनुसारको सहयोग गर्ने गरेको बताएका थिए ।
जेटिए सुर्य प्रसाद बास्तोलाले कुखुराको चल्लालाई स्याहार सुसार कसरी गर्ने ? कुन रोग लाग्दा के गर्ने ? घरमा निस्कने केही प्रतिशत फोहरको ब्यबस्थापन गर्न पनि सहयोग पुग्ने बताए ।
वडा स्तरीय दलित संजालकी अध्यक्ष सपना बिकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रोक बिर सुनारले र संचालन सचिव बिमला परियारले गरेकी थिइन् ।





प्रतिक्रिया दिनुहोस