२७० औं साहित्य शृङ्खला नियमित रचना वाचन कार्यक्रम सम्पन्न
286 Views
फागुन,३ चैत । हरेक महिनाको पहिलो शनिवार हुने साहित्य शृङ्खला पोखराको २७०औं नियमित रचना वाचन कार्यक्रम तथा स्रष्टा नारायणकैलाश सिग्देलको नियात्रा “देश डुल्ने पाइला”को परिचर्चा कार्यक्रम आज पश्चिमाञ्चल मा.बि.गैह्रापाटन पोखरा मा भब्यताकासाथ सम्पन्न भएको छ।
संस्थाकि अध्यक्ष लक्ष्मी थापाको अध्यक्षता तथा उपाध्यक्ष तारा प्र.तिमल्सिनाको स्वागत मन्तव्य बाट सुरु भएको उक्त कार्यक्रममा बरिस्ठ बाम विश्लेषक रामराज रेग्मिले “देश डुल्ने पाइला”को सशक्त परिचर्चा गर्नुभएको थियो।
कल्याण पन्तको चोटिलो लघु कथा बाट नियमित रचना वाचन प्रारम्भ भएको कार्यक्रममा कलाकार यादबचन्द्र भुर्तेलको आत्म कथाले माहोल गुन्जायमान भएको थियो।
त्यसैगरी सीता सुवेदी,चन्द्रावती वाग्ले,छन्दिका त्रिपाठी,वसन्त चालिसे,लोचना अधिकारी,तारा प्र.तिमिल्सिना,लक्ष्मी थापाले आआफ्नो सुन्दर रचना प्रस्तुत गर्नुभयो भने बाल साहित्यकार आर्या त्रीपाठिको शिक्षा र रोजगारी विषयमा आफ्नो वक्तित्वकला सुनिरहुँ झैं थियो संस्थाका सल्लाहकार नारायण परिश्रमी,तनहुँका सर्जक सुर्यभक्त सिग्देल,मार्क्सवादी अध्ययन श्रोत केन्द्रका अध्यक्ष झलकपाणी तिवारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
सोही अवसरमा वाम बुद्दिजिवी लोक ब.थापा,गुरुङ साहित्य मञ्चका अध्यक्ष तेज ब.च्याक्ली तमु,साहित्यकार उप प्राध्यापक द्वय परशुराम कोइराला तथा निर्मल साप्कोटा,सर्जक माधव खतिवडा,दिननाथ पराजुली,निलकण्ठ पौडेल,मोहन ब.भुजेल, नारायण प्र.पोख्रेल,भक्त रसाइली, सीता सुवेदी,लिला पन्डित,शोभा केसि.,तिलु तिमिल्सिना,बसन्त प्र.चालिसे,चित्रा अधिकारी,आदर्श त्रिपाठी,श्वेता यादव,आलोक यादव, सेती काली साहित्य संगम तनहुँ बाट धिरेन्द्र थापा मगर,दिनानाथ पराजुली,मान ब.सारु मगर,कृष्ण सिग्देल,कृष्णराज पौडेल लगायतका साहित्यिक ब्याक्तित्वहरुको बिचमा सम्पन्न उत्त कार्याक्रममा सर्जक नारायणकैलाश सिग्देल ले आफ्नो लेखकीय भनाइ सहित कार्यक्रम संचालक बिकास लुङ्गेलिले समापन गर्नुभएको थियो ।
साथै यस कार्यक्रमलाइ नयाँ जनाधार अनलाइन टिभिका संचालक राम घले परियार ले छायांकन गर्नुभएको छ।















प्रतिक्रिया दिनुहोस