स्वर्गीय गायिका योगिता मोक्तान प्रतिभा पुरस्कार यो वर्ष जिवन बोम्जन तामाङलाई
486 Views

काठमाण्डौं । नेपाल तामाङ कलाकार संघद्वारा आयोजित स्वर्गीय गायिका योगिता मोक्तानको १४औं स्मृती दिवस एबम प्रतिभा पुरस्कार कार्यक्रमबाट सेलो गायक, संगीतकार तथा रचनाकार जिवन बोम्जन तामाङ रु २० हजार रुपैयाँ नगदसहित सम्मान पत्रबाट सम्मानित भएको छ ।
नेपाल तामाङ कलाकार संघले योगिता मोक्तानको स्मृति सभामा तामाङ समुदायमा अतुलनीय योगदान पुर्याउनु भई निधन भएको स्व. जयनन्द लामा, दिपेन्द्र दोङ र योगिता मोक्तानको फोटोमा खादा अर्पण गरि स्मृति सभा मनाएको थियो । कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा नेपाल तामाङ घेदुङको सभाहल, बौद्व चुच्चेपाटीमा भएको थियो ।
मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि दोङले तामाङ समाजको एकदमै होनहार प्रतिभावान व्यक्तिहरू गुमाएकोमा दु:ख व्यक्त गर्दै उहाँहरुले छोडेर राखिएको कृति, गीत, संगीत सधैं अमर रहने सधैं सम्झी रहेको बताए ।
अतिथिहरु तामाङ कलाकार संघका सल्लाहकार इन्दिरा गोले, प्रेम लोप्चन, सन्जिब वाइबा, विश्व दोङ, म्हेन्दोमाया पहिलो गायक लेक योञ्जन, तामाङ चलचित्र संघ महासचिव उत्तर लामा, वाइबा समाज अध्यक्ष बिगेन्द्र वाइबा, तामाङ चिकित्सक समाज नेपालका अध्यक्ष डा.निराजन तामाङ स्व.योगिता मोक्तानको परिवार लगायतका धेरै कलाकारहरु उपस्थिति रहेको थिए।
कार्यक्रम सघंका अध्यक्ष चर्चित गायक तथा संगीतकार विशाल कल्तानको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन नेपाल तामाङ कलाकार संघका महासचिव खेम मोक्तानले गरेका थिए
योगिता मोक्तान प्रतिभा पुरस्कार यो वर्ष ४औ हो गत वर्ष भने सेलो गायिका जितु लोप्चनलाई सम्मानित गरिएको थिए ।
प्रतिक्रिया दिनुहोस