संगम सहकारीको नारी दिवसमा अनुहारको छाला परिक्षण
350 Views
पोखरा २६ फागुन , संगम बचत तथा ऋण सहकारी संस्था , पोखरा १५ ले आफ्ना सदस्यहरुको अनुहारको छाला परिक्षण र स्वास्थ्य सचेतना कार्यक्रम गरेर ११५औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।
सहकारीको महिला सशक्तीकरण उपसमितिको अगुवाइ र लहना ट्रेड ओरिफ्लेमको प्राबिधिक सहयोगमा भएको उक्त कार्यक्रममा सौर्न्दर्यविद सीता केसिले शरीरलाई स्वास्थ राख्न छालाको पनि महत्त्वपूर्ण भुमिका हुने र त्यसमा पनि घाम र धुलो सँग प्रत्यक्ष सम्पर्कमा आउने हुँदा अनुहारको छालामा अझ बिशेष ध्यान दिनुपर्ने बताइन् । साथै उनले क्रिम लगाउने समय र तरिका बारेमा पनि जानकारी दिइन् । महिला उपसमिति सदस्य दिलमाया केसि थापाले नारी दिवसको महत्त्व बारेमा बताउदै हरेक नारीले आफ्ना कर्तव्यलाई पनि नबिर्सिकन अधिकारको खोजी गर्नुपर्ने बताइन् ।
सो अवसरमा सहकारीका अध्यक्ष नब राज तिवारीले सबैलाई शुभकामना दिदै सहकारीमा आवद्ध महिलाहरुले आफ्नो स्वास्थ्यको साथसाथै सहकारीको स्वास्थ्यलाई पनि ध्यान दिएर गर्नुभएको आर्थिक कारोबार प्रति आभार प्रकट गरे ।
मेसिनद्वारा निशुल्क छाला परिक्षण गरिएको उक्त कार्यक्रमबाट लाभान्वित सहभागीहरुले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम ल्याउन आयोजकलाई अनुरोध गरे । सहकारीका संचालक सदस्य एवं महिला उपसमिति संयोजक बिष्णु कुमारी थापाको संचालनमा भएको कार्यक्रममा नयाँ सेयर सदस्य बिनिता थापालाई खादा लगाइ स्वागत गरिएको थियो भने सचिव धनराज पुरी र कर्मचारी लीला कुमारी कार्की पौडेलले पनि बोलेका थिए ।





प्रतिक्रिया दिनुहोस