नेपाल फोटो पत्रकार संघको नवौं अधिवेसनबाट राम गुरुङ अध्यक्षमा चयन
355 Views
कास्की, २६ फागुन। नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, सदस्यहरुमा संजय शाक्य, गिरीधारी पौडेल र प्रवेश पोखरेल निर्वाचित भएका हुन् । रिक्त रहेको सहसचिव र ३ सदस्यहरु कार्य समितिले पछि मनोनित गर्ने निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए ।
अधिवेशनको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रमा अध्यक्ष पौडेलले समाचार लेख्ने भन्दा फोटो पत्रकार फ्रन्ट लाइनमा बसेर काम गर्नुपर्ने हुँदा धेरै चूनौति सामना गर्नुपर्ने बताए ।





प्रतिक्रिया दिनुहोस