जेष्ठ नागरिकलाई पोषिलो सातु बितरण
335 Views
पोखरा । वडास्तरिय जेष्ठ नागरिक मञ्चको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ९ को वडा कार्यालय र सहारा क्लब पोखराको आर्थिक सहयोगमा वडाका जेष्ठ नागरिक, अपांग तथा एकल महिलाहरुलाई विहिबार एक कार्यक्रमको आयोजना गरी पोषिलो सातु बितरण गरिएको छ ।
‘जेष्ठ नागरिकलाई दुव्र्यवहार होइन माया र सम्मान गरौं’ भन्ने मुल नाराका साथ भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले कार्यक्रमको उद्घाटन गर्दै जेष्ठ नागरिक बुबा आमालाई पोषिलो सातुले निरोगी बनाउने र सबैलाई समान व्यवहार गर्न पनि सजिलो भएकोले पोषिलो सातु वितरण कार्यक्रमलाई निरन्तरता दिइएको वताए ।
सो अवसरमा वडा सचिव कुलराज पौडेल, सहारा क्लब पोखराका पूर्व अध्यक्ष तथा सहारा बाल आधारभुत विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विक्रम थकाली लगाएतले वोलेका थिए ।
वडास्तरिय जेष्ठ नागरिक मञ्चका अध्यक्ष शेष नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तथा फोकल पर्सन लक्ष्मी पहारी कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै स्वागत र सचिव उत्तम जोशीले कार्यक्रम संचालन गरेका थिए ।





प्रतिक्रिया दिनुहोस