राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल कास्की शाखाको अध्यक्षमा सर्वसम्मत योगेन्द्र श्रेष्ठ चयन
448 Views
पोखरा । राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको अध्यक्षमा योगेन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । मङ्गलबार पोखरामा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
एनएफपिजे कास्कीको उपाध्यक्षमा वसन्त शेर्पा, सचिवमा प्रेम थापा, कोषाध्यक्षमा गणेश बज्रलामा, सहसचिवमा माधव पोखरेल चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यमा हुमबहादुर गुरुङ, अभिनन्दन बजिमिया, मदनमणि तिमिल्सिना, सागर ढकाल र आदित्य रसाइली चयन भए । कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले संस्थागत रुपमा अग्रज फोटो पत्रकारहरु सँग समन्वय गरेर काम गर्ने साथै नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा राधिका कँडेलले फोटो पत्रकारको हकहितमा काम गर्न आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष योगेन्द्र श्रेष्ठले फोटो पत्रकार हरूको हकहितका क्षेत्रमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी नयाँ वर्षको उपल्क्षमा नयाँ वर्षको अवसर पारेर संस्थाको संस्थागत भित्ते पात्रो प्रकाशन गर्ने त्यसैगरी फोटो पत्रकारको प्रोत्साहनको लागि विभिन्न पुरस्कारहरु स्थापना गर्ने र पोखरामा फोटो प्रर्दशनी आयोजना गरिने बताउँदै श्रेष्ठले फोटो प्रर्दशनी सफल बनाउनका लागि सबैलाई आग्रह गरे ।





प्रतिक्रिया दिनुहोस