पोखरामा २६९ औं नियमित रचना वाचन कार्यक्रम सम्पन्न
589 Views
कास्की,५ फागुन। साहित्य शृङ्खला, पोखराको २६९ औं नियमित रचना वाचन कार्यक्रम शनिवार सम्मपन्न भएको छ ।
प्रगतिबादी साहित्यकार मार्क्सबादी सौन्दर्यसास्त्री एवम समालोचक घनश्याम ढकालको स्मृतिमा विशिष्ट साहित्यिक ब्यक्तिहरुको विविध रचना वाचनसहित पश्चिमान्चल मा.वि. को सभाहलमा फागुन ३ गते शनिवारका दिन भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रममा मार्क्सबादी अध्ययता एबम बामबुद्धिजिवी रामराज रेग्मीले उदारताले हरेक कुरालाई पछाडी पार्नेहुदा कार्यक्रमका दौरानमा
उदारता देखाएर गल्ती गर्न नहुने कुरा औंल्याउदै प्रगतिशील बाटो अबलम्बन गर्नु पर्ने कुरा सुझाउनु भएको थियो।
हास्यब्यङ्ग्य निबन्धमा कलम चलाउन रुचाउने शृङ्खलाका सल्लाहाकार नारायण परिश्रमीले शृङ्खलाका कार्यक्रमलाई ओजिलो बनाउनका लागिपरिश्रमी प्रतिभा पुरस्कार स्थापनार्थ अक्षयकोष राखिएको ब्यहोरा खुलाउनु भएको थियो। पुरस्कार वितरणका लागि केही राशी जम्मा भैसकेको हुनालेउचित पात्रको छनौट गरि पुरस्कृत गर्नु पर्ने धारणा ब्यक्त गर्नु भएको थियो।

गण्डकी साहित्य सङ्गमका अध्यक्ष एबम शृङ्खलाका पुर्व संयोजक भिम रानाभाटले समाजमा रहेका बिसंङ्गती,बिकृतिका बिरुद्ध स्रस्टाहरुले नडगमगाइकलम चलाउन सुझाउदै कबिता बाचन गर्नु भएको थियो।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद एबम लघुकथाकार,साहित्यकार नारायण मरासिनीले वाचित रचनाहरुको गहन समीक्षा गर्दै समाज रुपान्तरणमासाहित्यले ठूलो भुमिका खेल्ने कुरा ब्यक्त गर्दै स्रस्टाहरुलाई आफ्नो साहित्यिक रचना मार्फत समाजलाई सुसुचित गर्न आग्रह गर्नु भयो।
गितल प्रतिष्ठानका अध्यक्ष तनुङे स्रस्टा आकाश अधिकारीले शसक्त कविता बाचन गर्नु भएको थियो।कार्यक्रममा ढाकामोहन बराल,लोकनाथ पुडासैनीलेलघुकथा वाचन गर्नु भएको थियो।बरिष्ठ कलाकार यादव चन्द्र भुर्तेलले आफ्नो जबानीमा घटेका घट्नाक्रमलाई रोचकताका साथ कथा बनाएर सुनाउदाहल हासोले गुन्जयमान भएको थियो।सङ्गम सांस्कृतिक मन्च,नेपालका सचिव बिकास लुङ्गेलीले बिदेशिएका नेपालीले भोग्नु परेको तितो यथार्थ गितमार्फत पस्कनु भएको थियो।
साथै भरखरै ७ बर्ष पाइला टेक्दै गरेकी सानी नानी अद्भिकाले राष्ट्रिय भावले ओत प्रोत भएको गित सुनाएकी थिइन।हेमन्त हितैषी र शोभाकान्त गौडेललेखरो मुक्तक बाचन गर्नुभयो।लक्ष्मण थापा,छवि सुवेदी“बिजयी“, भक्त रसाइलीले यथार्थपरक कविता सुनाउनु भयो।सो अवसरमा लक्ष्मण थापालेपश्चिमाञ्चल मा बि कै हलमा प्रत्येक महिनाको दोश्रो शनिवार ठिक १:०० बजे लघुकथा प्रतिष्ठानले लघुकथा बाचनको कार्यक्रम गर्ने हुदा फागुनमहिनाको १० गते शनिवारका दिन सम्पुर्ण साहित्यप्रेमी महानुभाबहरुलाई निमन्त्रणा समेत गर्नु भएको थियो।
कार्यक्रममा उपस्थित साहित्यिक स्रस्टालाई स्वागत स्वरुप लिला के सीले कविता सुनाउनु भयो ।शृङ्खलाका उपाध्यक्ष तारा प्रसाद तिम्सिनालेकार्यक्रमको अध्यक्षता गर्नु भएको थियो।उपस्थित आगन्तुक स्रस्टाहरुलाई अध्यक्ष लक्ष्मी थापाले धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो,भनेसचिव काजी गाउँलेले कार्यक्रम सञ्चालन गर्दै छवि सुवेदी बिजयीको आमा शोक श्रद्धाञ्जली बाट एउटा गित समेत गाउंनुभई कार्यक्रमको समापनगरिएको हो ।





प्रतिक्रिया दिनुहोस