कास्की घेदुङ द्वारा ६९ औं स्थापना दिवसको अवसर पारि श्रष्टा सम्मान तथा भित्तेपात्रो विमोचन
524 Views
रजनी स्याङ्बो तामाङ
कास्की ३० माघ । नेपाल तामाङ घेदुङ कास्की जिल्लाले ६९ औं स्थापना दिवस सम्पन्न गरिएको छ ।
ने.ता.घे. कास्की जिल्ला शाखामा स्थापना दिवसको अवसर पारेर भित्तेपात्रो विमोचन तथा श्रष्टा सम्मान कार्यक्रम तयार पारिएको थियो । सोही अवसरमा विभिन्न छुट्टाछुट्टै विधाका श्रष्टाहरुलाई सम्मान गरिएको थियो । निरन्तर सम्मानित हुनेमा अमर रत्न राष्ट्रिय युवा पुरुष्कार तर्फ राष्ट्रिय फुटबल टिम कोच राजेन्द्र तामाङलाई रु.१०००५ दोसल्लाह र सम्मान पत्रले सम्मान गरिएको थियो । त्यस्तै रमेश रत्न दिर्घसेवा सम्मान तर्फ ने.ता.घे.का पूर्व केन्द्रिय कार्यवहाक अध्यक्ष कुम बहादुर योन्जन लाई रु.१०००५ दोसल्ला र प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननिय मन बहादुर गुरुङले जनजाती भित्रका युवाहरुले पढाई र टेक्निकल कुरामा जोड दिनुपर्ने सुझाव व्यक्त गर्नुभएको थियो । त्यसैगरी कुम बहादुर तामाङ, सुन्दर थोकर, दिपक तामाङ लगायतका अतिथिहरुले मन्तन्य व्यक्त गर्नुभएको थियो ।
ने.ता.घे.का केन्द्रिय पूर्व कार्यवहाक अध्यक्ष कुम बहादुर योन्जन मन्तव्यमा सुरुवातकालदेखि अहिले सम्मका घेदुङ भित्रका गतिविधिहरुलाई प्रस्टाउनुभयो ।
यस कार्यक्रमका सभाध्यक्ष भक्त बहादुर डुम्जन , अतिथिहरुमा धन प्रसाद डुम्जन, कुम बहादुर तामाङ, दिपक वाईबा, प्रताव वाईबा,हरिमान थिङ, सुन्दर थोकर, सुजन लामा,पुर्ण सिङ तामाङ, सरला थिङ लगायता अन्य अग्रज व्यक्तित्वहरुको उपस्थित रहेका थिए ।
यस कार्यक्रममा सम्मानित व्यक्तित्वहरु: जसपाल पाख्रिन युनिभरसिटि अफ म्यारील्यान्ड यू.एस.ए बाट फिलोसोफी अफ सोसियल साईन्स मानर्थ डाक्टर उपाधी प्राप्त गरेकोमा सम्मान पत्र सहित सम्मान गरिएको थियो । अर्जुन स्याङ्बो फोटोग्राफर, गणेश बज्र लामा योन्जन पत्रकार, फोटोभिडियो ग्राफर, टेक बहादुर स्याङ्बो बुद्ध जयन्ती समारोह समिति अध्य, भक्त बहादुर डुम्जन पोखरा फोटोग्राफर सघं कास्की अध्यक्ष, बलराम तामाङ गण्डकी प्रदेश खेलकुद परिषदका उपनिर्देशक, सुन बहादुर तामाङ कास्की जिल्ला खेलकुद विकास समिति कार्यलय प्रमुख, लगातका विभिन्न छुट्टाछुट्टै विधाका श्रष्टाहरुलाई साम्मान गरिएको थियो।
औपचारिक कार्यक्रममा स्वागत मन्तव्य रितु थोकर तामाङले दिएकी थिए । त्यसैगरी कार्यक्रमको सन्चालन संस्थाका सचिव मिन माया डुम्जनले गर्नु भएकी थिईन् । सो कार्यक्र संस्थाकै कार्यलय रातोमाटे स्थित सम्पन्न गरियो ।
फोटो साभार : तामाङ धिम














प्रतिक्रिया दिनुहोस