सामुहिक साहित्यिक जयन्ती तथा विशेष रचना वाचन सम्पन्न
489 Views
पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रका दिवङ्गत स्रष्टाहरुको सम्झना गर्दै श्रीपञ्चमीका दिन सामूहिक साहित्यिक जयन्ती मनायो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तीर्थ श्रेष्ठले सामूहिक साहित्यिक जयन्तीको उद्धेश्यमाथि प्रकाश पार्दै संस्थाले २०३५ सालदेखि दिवङ्गत स्रष्टाहरुको सम्झनामा श्रीपञ्चमीका दिन सामूहिक जयन्ती मनाउँदै आएको बताए ।
कलाकारहरुलाई बैशाखमा र संगीतकारहरुलाई महाशिवरात्रीमा स्मरण गरिँदै आएको जानकारी दिए ।
‘३५ सालमा पहिलो पटक हामीले यो कार्यक्रम गर्दा रथमा विभिन्न कवि, साहित्यकारहरुको फोटो राखेर प्रभात फेरि गरेका थियौं ।
मान्छेहरुको सहभागिता पनि उल्लेख्य थियो’ श्रेष्ठले सम्झिए । सो कार्यक्रम संस्थाको ऐतिहासिक कार्यक्रम थियो ।
श्रीपञ्चमीका दिन सरस्वतीको आराधाना गरिने हुँदा सिर्जनामा लाग्ने साहित्यकारहरुलाइै सामूहिक रुपमा स्मरण गर्नु सान्दर्भिक भएको पनि श्रेष्ठले बताए ।
आग्नेयी शर्माको सरस्वती वन्दना र रचना वाचन वाट शुरुवात भएको कार्यक्रममा अनुज पछाई, देवेन्द्र के.सि, डा.चैतन्य अधिकारी, शिव सङ्कल्प, ढाकामोहन बराल, रेशम गिरि, संगीता बराल बिसि, चन्द्रावती वाग्ले, रुपिन्द्र प्रभावी, केशु शर्मा, बसन्त चालिसे, लक्ष्मण थापा, प्रकाश ज्ञवाली, डा.इश्वरमणी अधिकारि, रीता अधिकारी लगायत कविहरुले दिवङ्गत स्रस्टाप्रती समर्पित गर्दै सिर्जनाहरु वाचन गरेका थिए ।
संस्थाका अध्यक्ष रीता अधिकारी ‘ऋतु’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मण थापाले स्वागत मन्तव्य,सल्लाहकार डा.इश्वरमणी अधिकारिले गत वर्ष दिवंगत श्रष्टाहरुको संक्षिप्त जानकारी र कार्यक्रम सञ्चालन सचिव एम.डि. काफ्लेले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस