पार्वती र कृष्ण टोलमा फोहर ब्यबस्थापन सम्बन्धि प्रशिक्षण तथा कम्पोस्ट बिन बितरण
381 Views
पार्वती र कृष्ण टोलमा फोहर ब्यबस्थापन सम्बन्धि प्रशिक्षण तथा कम्पोस्ट बिन बितरण
पोखरा । पोखरा महानगरपालिका वडा नं ९ को आयोजनामा पार्वती टोल बिकास संस्था र कृष्ण टोल बिकास संस्थाका १२० जनालाई फोहर ब्यबस्थापन सम्बन्धि प्रशिक्षण तथा कम्पोस्ट बिन र डस्बिन बितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले उद्घाटन गर्दै वडा नं ९ लाई सरसफाइमा नमुना वडा बनाउने आफ्नो योजनामा साथ दिन वडावासीलाई अनुरोध गर्दै आफ्नो तर्फबाट के गर्नु पर्छ आफू सधैं तयार रहेको बताए ।
सो अबसरमा वडा सदस्य नन्दराम गिरि, पोखरा महानगरपालिका वडा नं ९ फोहरमैला सहजकर्ता उत्तम जोशी, ग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रालिका निर्देशक अजय केसी, पार्वती टोलबिकास संस्थाकि सचिव लेखमाया थापा, कृष्ण टोलबिकास संस्था असिम तामाङ, रुपा केसी लगाएतले गण्डकी प्रदेशको राजधानी पोखरा र पोखराको पनि केन्द्र बसपार्क क्षेत्र नजिकै रहेको अव्यवस्थित, भुमिहिन सुकुम्बासी बस्ने उक्त टोलहरुलाई नमुना टोल बनाउन प्रयास गरिएको हो ।
पोखरा महानगरपालिकाको दिगो फोहर मैला ब्यबस्थापन, रिसाइक्लिङ र अफसाइक्लिङ सम्बन्धि तालीमको सहजकर्ता बिमल बास्तोला, कुशल घिमिरे, दुर्गा बास्तोलाले प्रशिक्षण दिदै हामीले घरघरमा उत्पादन हुने फ़ोहोर मैलालाई कुहिने नकुहिने, बिक्री हुने, नहुने तथा खतरा जन्य जस्ता फोहर वर्गीकरण गरेर नगरको फोहर ब्यबस्थापनमा टेवा दिन सकिने बताएका थिए ।





प्रतिक्रिया दिनुहोस