पोखरा ९ वडा बाल मञ्चको अध्यक्षमा परि
503 Views
पोखरा । वडा बाल मञ्च पोखरा ९ को पुनर्गठन तथा अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ।
बाल मञ्चको अध्यक्षमा परी बस्नेत, उपाध्यक्षमा उज्ज्वल भण्डारी, सचिवमा सम्पर्ण राम, कोषाध्यक्षमा एलिशा चौधरी, सहसचिवमा निकिता परियार, सदस्यहरुमा प्रान्जोल पोख्रेल, स्पन्दन बराल, इनोक सुनार, सहेला लामिछाने, रिया शर्मा, ऋतुराज कुमार, सिमरन परियार, स्नेहा परियार, हसन अन्सारी र लक्ष्मी कुमारी सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रम पोखरा महानगरपालिका वडा नं ९ को आयोजना तथा होप फर चिल्ड्रेन पोखरा ९ को सहकार्यमा तथा टोल बिकास संस्था वडा समन्वय समिति पोखरा ९ को समन्वयमा भएको थियो ।
पोखरा महानगरपालिका वडा नं ९ भित्र गठन भएका टोल बाल मञ्चका अध्यक्ष तथा पदाधिकारी तथा सदस्यहरुको उल्लेख उपस्तिथि रहेको उक्त अभिमुखिकरण कार्यक्रमको सहजीकरण प्रशिक्षक भक्तराज रसाइलीले प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रमको संचालन वडा स्थानीय बाल संरक्षण समितिका सदस्य तथा टोलबिकास संस्था वडा समन्वय समितिका अध्यक्ष उत्तम जोशीले गर्नु भएको थियो ।
स्वागत तथा कार्यक्रम उद्देश्य माथि प्रकाश वडा सदस्य तथा वडा नं ९ का बालबालिका फोकल पर्सन नन्दराम गिरिले गर्नु भएको थियो ।
वडा सदस्यहरु गिता चर्माकार र लक्ष्मी पहारी, चिल्ड्रेन नेपालका सामाजिक परिचालक महेन्द्र पौडेल, होप फर चिल्ड्रेनका आशिष परियारले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।





प्रतिक्रिया दिनुहोस