रानाभाट तथा भाट समाजद्वारा करुवाटारका विद्यार्थीलाई पोशाक बितरण
640 Views
पोखरा । तनहुँ जिल्ला घिरिङ गाउँपालिका वडा नं ४ मा रहेको कल्याण देवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई रानाभाट तथा भाट समाज गण्डकी प्रदेश समितिले विद्यालय पोसाक तथा स्टेशनरी बितरण गरिएको छ ।
कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने १७ जना विद्यार्थीहरुलाई स्कुल पोसाक सेट, स्विटर, कपि, कलम प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गोर्खा जिल्ला अदालतका न्यायाधीश शिव बहादुर रानाभाटले उद्घाटन गर्दै आफू पनि यस्तै विद्यालयमा पढेको स्मरण गर्दै शिक्षक कर्मचारीले मेहनतका साथ इमान्दारी पुर्वक विद्यार्थीहरुलाई शिक्षा प्रदान गरि असल नागरिक बनाउनु हुनेछ भन्ने कामना गर्नु भएको थियो ।
सो अबसरमा केन्द्रिय सल्लाह तथा फिष्टेल एकेडेमीका संस्थापक चिनु रानाभाले विद्यार्थी धेरै हुन कि थोरै हुन विद्यालयमा हरियाली र फुल रोपेर आकर्षक गर्न सकिने बताउँदै विद्यार्थीले स्कुलको बाताबरणले पनि धेरै सिक्ने बताउनु भएको थियो ।
कार्यक्रममा बरिस्ठ उपाध्यक्ष अधिबक्ता मिना रानाभाट, घिरिङ ४ का वडा सदस्य मनबहादुर रानाभाट, साभुङ स्वास्थ चौकी इन्चार्ज मन प्रसाद रानाभाट, कार्यक्रम संयोजक प्रेम रानाभाट लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
गण्डकी प्रदेश अध्यक्ष सुरज बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुक बहादुर रानाभाटले स्वागत र संचालन सचिव शिव बहादुर रानाभाटले गर्नु भएको थियो ।





प्रतिक्रिया दिनुहोस