सीता र जौमाया सम्मानित
284 Views
पोखरा । सिद्धि सेतुली स्मृति प्रतिष्ठान, पोखराको आयोजनामा सोमबार सम्पन्न कार्यक्रममा ‘सिद्धि सेतुली स्मृति पुरस्कार’ बाट समाजसेवी तथा उद्यमी सीता गुरुङ एवं सानिमा स्मृति पुरस्कारबाट शारीरिक अपांगता क्षेत्रकी अभियन्ता जौमाया देवकोटा सम्मानित भएका हुन् ।
कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ समाजसेवी तथा महिला उद्यमी अभियन्ता राधादेवी बास्तोलाले जनही १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिन् ।
सो अवसरमा प्रतिष्ठानसँग आवद्ध ७ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै ‘सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखरा र यसका १७ वर्ष’ नामक पुस्तकको समेत लोकार्पण गरिएको थियो ।
ज्येष्ठ नागरिक सम्मानबाट जुमबहादुर गुरुङ, दीपकलाल बाटाजु, हनिफ मियाँ, युवराज श्रेष्ठ, कुलामान बुद्धाचार्य, लोकप्रसाद गुरुङ र राधादेवी बास्तोला सम्मानित भएका हुन् ।
प्रमुख अतिथि राधादेवी बास्तोला, सम्मानित सीता गुरुङ र जौमाया देवकोटा, संंस्थापक अध्यक्ष विश्वरत्न शाक्य, पूर्व अध्यक्ष कृष्णप्रसाद बास्तोला, पूर्व सम्मानित व्यक्तित्व डा. यज्ञमान शाक्य, सम्मानित ज्येष्ठ नागरिक वरिष्ठ कलाकार लोकबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पुरस्कार छनोट समितिका संयोजक नारायण कार्कीले सम्मानित व्यक्तित्वको परिचय प्रस्तुत गरेका थिए । प्रतिष्ठान अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमिला तझ्याले स्वागत र सचिव इन्द्रकमल मानन्धरले सञ्चालन गरेकी थिइन् ।





प्रतिक्रिया दिनुहोस