छोरेपाटन माविका विद्यार्थीहरुलाई भुपु विद्यार्थी मञ्चद्वारा पोषाक वितरण
372 Views
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा छोरेपाटन माविका विद्यार्थीहरुलाई भुपु विद्यार्थी मञ्चद्वारा पोषाक वितरणरहेको छोरेपाटन माविमा अध्ययतरत गरिब तथा जेहेन्दार ११ जना विद्यार्थीहरुलाई विद्यालय पोखरा ट्रयाक सुट सेट प्रदान गरेको सचीव शालिकराम भण्डारीले बताए ।
सो अवसरमा एलकेजीका आयुष नेपाली, कक्षा १ का कोरास लामा, कक्षा ४ की प्रिया परियार, कक्षा ५ का दिप्सन परियार, कक्षा ८ की सविता थापा, कक्षा ७ की रिज्वाना खातुन, कक्षा ९ का कुशल सेवा, कक्षा १० की अनिषा परियार, कक्षा ११ का किशोर थापा क्षेत्री र विवेक नेपाली, कक्षा १२ की मिरा पोडेलाई ट्रयाक सुट सेट प्रदान गरिएको थियो । उक्त पोषाकको लागि पुर्व विद्यार्थी आशिका लिम्बुले १० हजार र अन्य खर्च भुपु विद्यार्थी मञ्चबाट गरेको मञ्चकी कोषाध्यक्ष कविता गुरुङले वताईन् ।
त्यसै गरी विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुका विच चित्रकला प्रतियोगितामा प्रथम, दितिय र तृतियलाई नगद पुरस्कार तथा प्रमाणपत्र र सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
चित्रकला प्रतियोगितामा कक्षा ६ की छात्रा सम्भवी जैसी प्रथम, कक्षा ८ की छात्रा अनुष्का पंगेनी दोस्रो र कक्षा १२ का छात्र सुवित गिरी तेस्रो भएका थिए । उनिहरुलाई नगद पुरस्कार क्रमशः ३ हजार, २ हजार र १ हजार र प्रमाण पत्र प्रदान गरिएको कार्यक्रम संयोजक छविलाल पनेरुले वताए ।
त्यसैगरी आँखा शिविरमा स्वम्सेवक गर्ने विद्यार्थीहरु रश्मी देवकोटा लगायतका विद्यार्थीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । विद्यालयको ४६ औं वार्षिकोत्सवको अवसर पारी भुपु विद्यार्थी मञ्चले उक्त कार्यक्रमहरु गरेको थियो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा, सहायक प्रअहरु खेमराज बराल (ध्रुब) र मेघनाथ पौडेल, भूपू विद्यार्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाट, उपाध्यक्ष हिमलाल उपाध्याय, सदस्य कविता गुरुङ कवि, लगायतले पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस