बाँगे–पोखरा लामिछाने भाइ खलक एकता समाज गठन
531 Views
पोखरा । स्याङ्जाको फेदिखोला ५ बाँगे फड्के घर भै पोखरामा वसोबास गर्दै विभिन्न पेशा र ब्यावासायमा आबद्द बांगेली लामिछानेहरुको बृहत भेला साथै भेटघाट र बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
पृथ्वी जयन्तिको अबसरमा सम्पन्न भेलाले कृष्ण क्षेत्री लामिछानेको अध्यक्षतामा १३ सदस्यीय बांगे–पोखरा लामिछाने भाइ खलक एकता समाज गठन गरेको छ ।
समाजको उपाध्यक्षमा शालिकराम लामिछाने, सचिबमा लोकराज लामिछाने, कोषाध्यक्षमा शिव लामिछाने, सहसचिबमा ईश्वर शर्मा लामिछाने र सदस्यहरुमा राजु क्षेत्री लामिछाने, दिनेश क्षेत्री लामिछाने, ख्यामराज लामिछाने, मेघनाथ लामिछाने, बाबुराम लामिछाने, सज्जा लामिछाने, उषा लामिछाने र बलराम लामिछाने चयन भएका छन् ।
समाजका सल्लाहकार तथा कार्यक्रममा निर्वाचन संयोजक चेतन शर्मा लामिछाने, जिवनाथ लामिछाने, शिव लामिछाने, राजु क्षेत्री लामिछाने, कृष्ण क्षेत्री उदय, सृष्टि लामिछानेले समाजको आबश्यकता र महत्व बारे वोलेका थिए ।
बाँगे–पोखरा लामिछाने भाइखलक एकता समाज तदर्थ समितिका संयोजक एवं अध्यक्ष रामप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन चेतनदास शर्मा लामिछाने र लोकराज शर्मा लामिछानेले संयुक्त रुपमा गरेका थिए ।





प्रतिक्रिया दिनुहोस