भगवती आधारभूत विद्यालयको ६५ औ अभिभावक भेला सम्पन्न
328 Views
पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ कालाबाङ घरेडीमा रहेको भगवती आधारभूत विद्यालयको ६५ औं वार्षिकोत्सव तथा अभिभावक भेला, चन्दादाता सम्मान तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गर्दै राज्यले सुयोग्य नागरिक बनाउन राज्यको तर्फबाट अरबौ लगानी गरेको भएता पनि सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुसम्म आइ नपुगेको प्रति लक्षित गर्दै माबी तह सम्मको शिक्षा पुर्ण निशुल्क गर्ने परिकल्पना गरेर २०७२ को संबिधानमा प्राथमिकताका साथ राखेको भएतापनि कार्यान्वयन हुन नसकेकोमा दुख व्यक्त गरेका थिए । तर विद्यालयको नारा हाम्रो प्रतिवद्धता अंग्रेजीमा गुणस्तरीय शिक्षा अभियानमा धेरै व्यक्ति तथा चन्दादाताले सहयोग गरेका कारण सरकारी विद्यालय भएर पनि बोर्डिङ स्कुललाई च्यालेन्ज गरेकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बरालले विद्यार्थीको भविष्य शिक्षक, अभिभावक र विद्यार्र्थी स्वयम्मा अहम भुमिका रहेको वताउँदै विद्यालयको भित्री तथा बाहिरी गतिविधिहरुको अभिभावकहरुले समय समयमा आफ्नै तवरबाट अनुगमन गर्नु पर्ने बताए ।
उक्त अवसरमा अक्षयकोष दाता धनमाया गुरुङ, कालाबाङ घरेडी तमु समाज, घरेडी १२ भाई घोथाने चेलीवेटी समूह, बिनि बहादुर गुरुङ, देवी गुरुङ, वृटिस सेनाका मेजर सुवास गुरुङ, सुगित गुरुङ, मन बहादुर गुरुङ, पूर्णभद्र पौड्याल, भूपू विद्यार्थी शशी प्रकाश गुरुङ, यम बहादुर भुजेललाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश चन्द गुरुङले विद्यार्थीहरुलाई शैक्षिक पठनपाठनका साथै विद्यार्थीहरुलाई जिवनोपयोगी सिपमुलक शिक्षा प्रदानमा जोड दिदै आएको बताए ।
सो अवसरमा विव्यस अध्यक्ष प्रकाशचन्द्र गुरुङका चार दाजुभाई तथा बुहारीहरुको तर्फबाट स्वर्र्गीय बुबाआमाको स्मृतिमा विद्यालयलाई पोडियमहरु हस्तान्तरण गरिएको थियो ।
कालाबाङ पोखरा समाजका अध्यक्ष कृष्ण गुरुङ , नेकपा एमाले पोखरा २२ राजेन्द्र बराल, नेपाली काँग्रेस पोखरा २२ का उपसभापति खडानन्द बराल, अक्षयकोष दाताहरु रामकाजी गुरुङ, इश्वर कुमार गुरुङले शुभकामना व्यक्त गरेका थिए ।
बिद्यालय ब्यस्थापन समितिका अध्यक्ष प्रकाश चन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन तथा स्वागत विद्यालयका प्रधानाध्यापक डिल कुमारी गुरुङले र संचालन सहायक प्रधानाध्यापक जाप प्रसाद गुरुङले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस