पत्रकार मेवालाल यादव र चन्दन महतो भारतमा सामानित
392 Views
पत्रकारले समाजमा घटेका घटनाको सत्यतथ्य जनतासामु ल्याउनुपर्छ तब मात्र आफ्नो विश्वसनीयता कायम रहन्छ । विश्वसनीयता पत्रकारिताको मूल धर्म हो । आरोही टेलिभिजनका अध्यक्ष मेवालाल यादवले यस्तो बताएका हुन् ।
SAARC JOURNALIST FORUM (INTERNATIONAL) CONFERENCE-2025 ON INTERNATIONAL AWARD CEREMONY वैशाली , बिहारको कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकारले दायित्व निर्वाह गर्दै आम जनताको आवाज उठाउनुपर्ने बताए । यादवले नेपाल-भारतकाे सम्बन्ध वैदिक कालदेखि नै प्रगाढ रहेकाे र कहिलेकाहिँ सामान्य असमझदारी बढ्दा आपसी वार्ताबाट समस्याकाे समाधान खाेजिँदै आएकाे र भारत-नेपालबीच सकारात्मक सहकार्य रहेकाे बताए ।
SAARC JOURNALIST FORUM (INTERNATIONAL) CONFERENCE-2025 ON INTERNATIONAL AWARD कार्यक्रमका प्रमुख अतिथि मॉरीशसको पूर्व उप प्रधानमंत्री श्री हरेष बुद्धूकी श्रीमती अंतर्राष्ट्रीय संस्कृति संवाहिका डा.सरिता बुधुले आरोही टेलिभिजनका संचालक मेवालाल कुमार यादव र सी एच खबरका अध्यक्ष चन्दन कुमार महतोलाई सार्क जर्नलिस्ट फोरम २०२५ का इन्टरनेसनल सम्मेलनमा प्रमाणपत्र र शिल्डबाट समानित गर्दै सञ्चारमाध्यम लोकतन्त्रको चौथो खम्बा भएकाेले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएकि थिइन ।
सार्क जर्नलिस्ट फोरम नेपालका प्रतिनिधि दिपेन्द्र प्रजापतिले सो साभका प्रमुख, बिशिस्ट अतिथि , अतिथिलाई धन्यवाद गर्दै अहिले सामाजिक मूल्य मान्यतामा तीव्र गिरावट आएको र पत्रकारिता पनि त्यसबाट अछुतो नरहेको बताए । ‘तैपनि आफ्नो जिम्मेवारी निर्वाह गर्दा गरिब र विपन्नको आवाजलाई जनतासामु ल्याउनुपर्छ’, उनले भने ।
सार्क जर्नलिस्ट फोरमका बिहार अध्यक्ष डा .शशी भुसन कुमारले स्वागत अध्यक्ष, उद्घाटन कर्ता पुर्व न्यायाधीश, उच्च न्यायालय पटना न्यामुर्ती श्री राजेन्द्र प्रसाद, डा.अनिल सुलभ कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय समारोह कार्यक्रममा देश बिदेशबाट आउनु भएको सम्मानित अतिथिलाई वैशालीको विभिन्न ऎतिहासिक, धार्मिक एवं सास्कृतीक स्थलमा अवलोकन तथा परिभ्रमण गराउनु भएको हो।
कार्यक्रमकाे ओरगनाइजर अम्रपाली संस्कृति काला तथा सार्क जर्नलिस्ट फोरमको सन्युक्तमा, बिहार अध्यक्ष सषीभुषण कुमारले वैशाली एवं बज्जिकांचल संस्कृति / भाषा अन्तर्गत भारत, नेपाल, मारिशस, भुटान, बङालादेश, मालदिप, श्रीलंका लगायत विभिन्न देश बिदेशका आगन्तुकहरुप्रति कृतज्ञता व्यक्त गरे । उक्त अवसरमा शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्नेहरुलाई प्रमाणपत्र र शिल्ड प्रदान गरी सम्मान गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस