छोरेपाटन माविमा सम्पन्न माविस्तरीय विज्ञान प्रदर्शनीमा एसओएस प्रथम
946 Views
पोखरा । पोखरा महानगरपालिका वडा नं १७ मा रहेको छोरेपाटन माविमा पोखरा महानगरस्तरिय माध्यामिक तह एकदिने विज्ञान प्रदर्शनी आइतबार सम्पन्न भएको छ ।
विद्यालयको ४६ औँ वार्षिकोत्सवको अवसरमा विद्यालयले विज्ञान प्रदर्शनी आयोजना गरेको उक्त
प्रतियोगीतामा एस.ओ.एस हरमन माइनर रामबजार स्कुल प्रथम भएको छ ।
यस्तै शीतलादेवी सामुदायिक विद्यालय द्धित्तीय र करुणनिधी एजुकेशन फाउण्डेशन केफ मावि तृतीय बन्न सफल भएको छ । प्रतियोगीतामा आयोजक छोरेपाटन माविले सान्त्वना पुरस्कार प्राप्त गर्यो ।
प्रतियोगितामा प्रथम , दितिय , तृतीय र सान्त्वना हुने बिद्यालयले क्रमशः नगद २० हजार, १५ हजार, १० हजार र सात हजारका साथमा प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।
विज्ञान प्रदर्शनीको अवलोकन पश्चात प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले विद्यार्थीमा अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने काम गरेको बताए ।
दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न औजार तथा उपकरणहरुको नयाँ नयाँ नमुनाहरु विद्यार्थीहरुले तयार पारेको बताउँदै उनले यस प्रकारका यन्त्र उपकरणहरुलाई परिष्कृत गरेर विकास गर्न सके सरल र सहज हुने बताए ।
प्रदर्शनीमा पोखरा महानरपालिका भित्रका ३७ विद्यालयले सहभागीता जनाएको र ५७ वटा स्टलहरु रहेको बिद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले जानकारी दिए । विद्यार्थीहरुले कितावमा पढेका विषयलाई यस किसिमको प्रदर्शनिले बुुझ्न सजिलो बनाउनका लागी र कक्षा कोठामा सिकेका कुरालाई व्यवहारिक प्लेटफर्म उपलब्ध गराउने उद्धेश्यले प्रदर्शनीको आयोजना गरिएको प्रधानाध्यापक शर्माको भनाई छ ।
सो अबसरमा भुपु विद्यार्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाटले पुर्व विद्यार्थीहरुले संगठित भइ विद्यार्थी र विद्यारलयको हितमा हुने काम गर्ने भएको हुँदा सबै पुर्व विद्यार्थी मञ्चमा आबद्ध हुन आग्रह गरेका थिए ।
विद्यालयले यहि पौष १७ गते ४६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै छ । विज्ञान प्रदर्शनीमा पोखराका विभिन्न विद्यालयबाट शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
विद्यालयले विज्ञान प्रदर्शनी सफल बनाउन बिद्यालयका रसायन बिज्ञानका शिक्षक नारायण थापाको संयोजकत्वमा उपसमिति गठन गरि कार्य बिभाजन गरेर काम गरेको थियो ।





प्रतिक्रिया दिनुहोस