संगम सहकारी गण्डकी प्रदेशमै उत्कृष्ट
419 Views
पोखरा । पोखरा १५ राम बजारको प्रधान कार्यालय र न्यूरोडको सेवा केन्द्र मार्फत आफ्नो कार्यक्षेत्र कास्की जिल्लाभर सेवा दिइरहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड गण्डकी प्रदेशमै उत्कृष्ट भइ सम्मानित भएको छ ।
गण्डकी प्रदेश भित्रका बचत तथा ऋण सहकारी संस्थाको रुपमा दर्ता भइ कारोबार गरिरहेका सहकारीहरु मध्येबाट संगम सहकारीले उत्कृष्टता हाँसिल गरि सम्मान पत्र प्राप्त गरेको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. ( नेफ्स्कून ) को ३७औं स्थापना दिवसको अवसरमा देशका सातै प्रदेशबाट उत्कृष्ट सातवटा सहकारी छनौट गर्ने क्रममा गण्डकी प्रदेशबाट संगम सहकारी उत्कृष्ट घोषित भएको थियो ।
सोही घोषणा बमोजिम हालै बुटवलमा भएको नेफ्स्कूनको ३३औं वार्षिक साधारण सभामा प्रमुख अतिथि नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उत्कृष्ट भएकोमा बधाई एवं शुभकामना दिदै संगम सहकारीका अध्यक्ष नब राज तिवारीलाई सम्मान पत्र प्रदान गरेका छन् ।
यस अघि २०७८ सालमै कास्की जिल्लाको उत्कृष्ट सहकारीको अवार्ड पाउन सफल संगम सहकारीले नेफ्स्कूनबाट कास्की जिल्लाको उत्कृष्ट सदस्य संस्थाको सम्मान , राष्ट्रिय सहकारी बैंकद्वारा उत्कृष्ट कारोबारी संस्थाको सम्मान , कास्की बचत तथा ऋण सहकारी संघबाट उत्कृष्ट ब्यवस्थापक अवार्ड लगायतका थुप्रै सम्मान र पुरस्कारहरु प्राप्त गरिसकेको छ ।
कास्की जिल्ला उत्कृष्ट भएको तीन वर्षको अन्तरालमै यस सहकारीले गण्डकी प्रदेशकै उत्कृष्टताको सम्मान प्राप्त गर्नु गौरवको विषय भएको सो अवसरमा उपस्थित सेयर सदस्यहरुको भनाइलाई उदृत गर्दै सल्लाहकार संयोजक निरज थापाले बताए ।
नेफ्स्कूनको सहकारी स्तरिकरण गर्ने प्रोबेसन कार्यक्रममा बिगत सात वर्षदेखि सहभागी हुँदै आएको संगम सहकारी नीति , बिधि र प्रविधिमा चलेको सहकारी संस्था हो । कूल ६३ करोड वासलात रहेको सहकारीको ४५ करोड बचत , ४८ करोड कर्जा लगानी र ८.९८ प्रतिशत संस्थागत पूँजी रहेको छ भने पोखरा १५ मा जग्गा समेत खरिद गरिसकेको छ ।सहकारीका मुल्य मान्यता र सिद्धान्तमा चलेको यस सहकारीले विभिन्न समिति , उपसमिति मार्फत सामाजिक उत्तरदायित्वका कामहरु गर्नुका साथै सदस्य केन्द्रित कारोबारलाई बढी जोड दिएको छ ।





प्रतिक्रिया दिनुहोस