रोटरी क्लबले पाठेघरको मुखको निशुल्क भिआइए टेष्ट गर्ने
323 Views
पोखरा । रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लव अफ नक्शाल शक्तिको सम्युक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा महिलाहरुको पाठेघरको मुखको निशुल्क भिआइए टेष्ट गर्ने मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
स्वार्थ भन्दा माथी सेवा भन्ने मूल उद्देश्यका साथ स्थापित रोटरी क्लबले कास्की, तनहँु, स्याङ्गजा, पर्वत, बागलुङ लगायतका गण्डकी प्रदेशका जिल्लाहरुका विभिन्न पालिका र वडाहरुको सहकार्यमा करिव १५ सय भन्दा बढिको परिक्षण गर्ने योजना सहित अगाडी बढेको जानकारी गराइएको थियो ।
सो अवसरमा रोटरी डिस्ट्रिक्ट ३२९२ का मेम्बरसिप चेयर सुवास सिग्देलले रोटरी क्लबले स्वास्थ्य संग सम्बन्धित वालवालिका तथा महिला लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको वताए ।
सो अवसरमा रोटरी क्लव अफ नक्शाल शक्तिकी संस्थापक अध्यक्ष डा. लुना अर्यालले महिलाहरुको पाठेघरमा कुनै संक्रमण भए नभएको बारेमा टेष्ट गरिने भएकोले सबै महिला दिदीबहिनीहरुलाई उक्त अवसरमा उपस्थित भइ चेक गराउन आग्रह गरेकी थिइन ।
रोटरी इन्टरनेशलन डिस्ट्रीक ३२९२ ले वर्ष रोटरी वर्ष २०२४÷२५ मा नेपाल भरिनै भिआइए टेष्टलाई महत्व दिएर अगाडी बढ्ने योजना गरिरहेको अवस्थामा पौष १८ गते देखि विभिन्न चरणमा निशुल्क सेवा प्रदान गर्ने रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दीपेन्द्र शर्माले वताए ।





प्रतिक्रिया दिनुहोस