छोरेपाटन माबिमा बिज्ञान प्रदर्शनी हुने, प्रथमलाई २० हजार
224 Views
पोखरा । पोखरा-१७, छाेरेपाटनस्थित छाेरेपाटन माविले बिद्यालयको ४६ ओेैं वार्षिकोत्सबको अबसरमा आउँदो पुस १४ गते पोखरा महानगर (माध्यामिक तह) स्तरीय विज्ञान प्रदर्शनिको आयोजना गर्ने भएको छ।
प्रदर्शनीमा तिसवटा भन्दा बढी विद्यालयको सहभागिता रहने छ भने तिन हजार भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ ।
विद्यार्थीहरुले कितावमा पढेका विषयलाई यस किसिमको प्रदर्शनिले बुुझ्न सजिलो बनाउने छ भने कक्षा कोठामा सिकेका कुरालाई व्यवहारिक प्लेटफर्म उपलब्ध गराउने उद्धेश्यले प्रदर्शनीको आयोजना गरिएको बिद्यालय का प्रअ डिल्लीराम शर्माले जानकारी दिनु भएको छ ।
बिद्यालयका रसायन बिज्ञान शिक्षक नारायण थापाको संयोजगत्वमा ६० सदस्यीय उपसमिति गठन गरि विभिन्न कार्य बिभाजन गरिएको बिज्ञान समुहका इन्चार्ज मेघनाथ पौडेलले जानकारी दिनुु भएको छ ।
प्रदर्शनीमा प्रथम , दितिय ,तृतीय र सान्त्वना हुने बिद्यालयले क्रमशः २००००, १५०००, १००००, ७००० नगद सहित प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन।
प्रतिक्रिया दिनुहोस