डा.पि.भि. चाण्डी जिविएस छात्रवृत्ति कोषको वार्षिक साधारण सभा सम्पन्न
216 Views
पोखरा । डा.पि.भि.चाण्डी जिविएस छात्रवृत्ति कोषको साधारण सभा गण्डकी आवासीय माध्यमिक विद्यालयको बैठक कक्षमा सोमबार सम्पन्न भयो । उक्त कार्यक्रममा गण्डकी बोर्डिङ स्कुलका प्राचार्य डा.विश्वयूधिर पौडेलले संरक्षकको तर्पmबाट कोषको वृद्धि र सदुपयोगको बारेमा मन्तव्य राख्नु भएको थियो ।
कोषका अध्यक्ष नरहरी शर्माले नयाँ आजीवन सदस्यहरू, बामदेव शर्मा, डा. विश्वयूधिर पौडेल घर्ती, कृष्णबहादुर थापा, गजेन्द्र बस्नेत, वुद्धिसागर खनाललाई कोषमा स्वागत गर्दै प्रमाण पत्र एवम् पूर्व प्राचार्य रविप्रसाद बरालले खादा लगाई दिएर स्वागत गर्नु भएको थियो । कोषका सचिव श्रीराम अधिकारीले प्रस्तुत गरेको कोषको आगामी वर्षको कार्यक्रम एवम् कोषाध्यक्ष शम्भुलाल श्रेष्ठले प्रस्तुत लेखा प्रतिवेदन छलफल पछि साधारण सभाले सर्वसम्मतिले पारित ग¥यो कार्यक्रममा स्वागत मन्तव्य कृष्णश्याम शर्माले राख्नु भएको थियो ।
कोष सञ्चालक समितिका अध्यक्ष नरहरी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सन्तबहादुर विश्वकर्मा, पूर्व संरक्षक वामदेव शर्मा एवम् रविप्रसाद बरालले कोषको उद्देश्य एवम् विगतबारे प्रष्ट पार्नुभएको थियो भने सञ्चालन सचिव श्रीराम अधिकारीले गर्नुभएको थियो ।





प्रतिक्रिया दिनुहोस