छोरेपाटन मावि भूपू विद्यार्थी पुर्नमिलन कार्यक्रममा डेभिजफलको चर्चा
143 Views
पोखरा । छोरेपाटन मावि भुपु विद्यार्थी मञ्चको आयोजनामा शनिबार भूपू विद्यार्थी पुनर्मिलन कार्यक्रममा वक्ताहरुले विद्यालयको हकभोगमा रहेको पर्यटकीय स्थान डेभिजफल छोरेपाटनबाट अलग गराउन महानगरपालिका लागेको विषयमा चर्चा भएको हो ।
विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा २३ सय भन्दा वढि विद्यार्थी अध्ययनरत हरेक वर्ष अध्ययन तथा खेलकुदमा समेत गण्डकी प्रदेशमै नाम कमाउन सफल छोरेपाटन माविलाई २०३४ सालमा उपत्यका नगर विकास समितिले विद्यालयलाई तारबार लगाई संरक्षण गरी हकभोग गर्न दिएको डेभिजफलको जग्गा निजि कम्पनिलाई दिन खोज्नु नै गलत भएको वताउँदै महानगरपालिकाले नयाँ गन्तव्यहरुमा व्यवसायीहरुलाई लगानी आकर्षण गर्ने निति अवलम्बन गर्नुपर्ने वताए ।
विद्यालयका सहायकप्रधानाध्यापक तथा पुर्व विद्यार्थी खेमराज वराल ध्रुब, विद्यालय व्यवस्थापन समितिका सदस्य कमलकान्त उपाध्याय, शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्री, डेभिजफल जोगाउँ अभियानका अभियान्ता तथा पुर्व विद्यार्थी देवराज आचार्य, डेभिजफल क्लबका अध्यक्ष विनम गुरुङ, पुर्व विद्यार्थी तथा युवा नेता राजु क्षेत्री, लगायत पुर्व विद्यार्थीहरुले तत्कालिन अवस्थामा राज्यले स्याहार सम्भार गर्न नसकी विद्यालयलाई दिएको र विद्यालयले त्यसैलाई आय आर्जनको रुपमा विकसित गरेर विद्यालयको आय वृद्धि गरी १०० भन्दावढि करारका शिक्षकलाई तलब सुविधा दिएको स्थानलाई प्रयाप्त गृहकार्य नै नगर विद्यालयबाट अन्यत्र लैजान खोज्नुले कुनै स्वार्थ लुकेको छ कि भन्ने लागेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रम संयोजक कविता गुरुङ कविले छोरेपाटन माध्यमिक विद्यालयमा कुनै एक वर्ष अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई संस्थाको विधानले पुर्व विद्यार्थी मानेको कारण सबै मञ्च सबै पुर्व विद्यार्थीहरुको साझा संस्था रहेको वताउँदै स्थापनाको छोटो समयमा नै धेरै कार्यहरु गरेको उल्लेख गरेकी थिइन । उनले विगतका वर्षहरुमा पनि हरेक वर्ष रमाइलो वनभोज कार्यक्रम गर्दै आएको भएता पनि गतवर्षबाट मञ्च स्थापना भएपछि सबैलाई समेटेर पुर्नमिलन तथा वनभोज कार्यक्रम गरिएको जानकारी गराइन् ।
छोरेपाटन मावि भुपु विद्यार्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हिमलाल उपाध्याय (पौडेल)ले र संचालन सचिव शालिकराम भण्डारीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस