हिलसाइडमा त्रिदिवसीय खेलकुद महोत्सव सम्पन्न
179 Views
पोखरा/ शारीरिक तथा मानसिक स्वस्थ्यका लागि खेल भन्ने उद्देश्यका साथ पोखराको हिलसाइड इङ्ग्लिस स्कुलमा त्रिदिवसीय वार्षिक खेलकुद कार्यक्रम शुक्रबार विद्यालय प्राङ्गणमा एक समारोहबिच सम्पन्न भएको छ।
विद्यालयका प्राचार्य डिल्लीराम भट्टराईले व्यानरमा हस्ताक्षरका साथ विद्यालयका सहकार्यकलाप प्रमुख मीनप्रसाद सुवेदीलाई स्पोर्ट्स सामग्री हस्तान्तरण गर्दै बुधबार उद्घाटन गरिएको उक्त कार्यक्रममा कक्षा आठमा अध्यनरत छात्रा प्रियङ्का भण्डारीले ूटुगेदर वि प्ले, टुगेदर वि ग्रोू भन्ने प्रतिज्ञा आफ्ना साथमा सम्पूर्ण खेलाडीहरूलाई वाचन गर्न लगाएकी थिइन्।
खुला, कक्षागत तथा तहगत रूपमा तीन दिनसम्म चलेको उक्त स्पोर्ट्स मिटमा भलिबल, बास्केटबल, फुटबल, टेबलटेनिस, व्याडमिन्टन, टग अफ वार, लामाछोटा दौड, रिले दौड, म्युजिकल चियर, बेलुन ब्रस्ट, स्पोन रेस, सियो धागो, सटपुट आदि जस्ता खेलहरू अन्तरसदनात्मक सिनियर(जुनियर एवम् छात्रछात्राका आधारमा खेलाइएका थिए।
बास्केटबल छात्रतर्फ सर्वाधिक स्कोर अमिस केसीले गरेका थिए भने फुटबलतर्फ आयुष छेत्री सर्वाधिक गोलकर्ता बनेका थिए। त्यसै गरी बास्केटबल छात्रातर्फ सर्वाधिक स्कोर मान्वी नेपालीले गरेकी थिइन् भने उत्कृष्ट खेलाडीको उपाधि आयुषा अधिकारीले हात पारेकी थिइन्। भलिबलमा उत्कृष्ट खेलाडीको उपाधि छात्रतर्फ हीराबाबु गुरुङ र छात्रातर्फ सारा तामाङले जितेका थिए।
त्यस्तै फुटबलमा जुनियरतर्फ सर्वाधिक गोलकर्ता सयुज खत्री बने भने बेस्ट प्लेयरको उपाधि सिनियर र जुनियर क्रमशः शिशिर मैनाली र सुदेश आलेले हात पारेका थिए।
उक्त समारोहमा खेलकुदले मानिसलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्ने भएकाले जीवनका लागि अपरिहार्य रहेको कुरा उल्लेख गर्दै विद्यालयका प्राचार्य डिल्लीराम भट्टराईले विद्यार्थीहरूमा समूहमा मिलेर सहकार्य गर्ने, सामाजिक विकास गर्ने, अनुशासित हुने तथा असल चरित्रको निर्माण गर्ने बानीको विकासमा खेलले विशेष भूमिका निर्वाह गर्ने विषय व्यक्त गरेका थिए ।
नर्सरीदेखि कक्षा तीनसम्मका खेलहरू सम्बन्धित इन्चार्जका साथमा कक्षाशिक्षकले सञ्चालन गरेका थिए भने बाँकी खेलहरूमा शिक्षक सुरेश भट्टराई, शिव पराजुली, ईशा अधिकारी, मुना पराजुलीलगायतले रेफ्रीको भूमिकामा रहेर सञ्चालन गरेका थिए। सैद्धान्तिक शिक्षाका साथमा खेल, खेलबाट शारीरिक तथा मानसिक स्वास्थ्य भन्दै सम्पन्न भएको उक्त कार्यक्रमको ओैपचारिक सत्रको सञ्चालन शिक्षक होमनाथ भट्टराईले गरेका थिए।
प्रतिक्रिया दिनुहोस