हेरालो प्रतिष्ठानको १९ औं साधारण सभा
109 Views
पोखरा । हेरालो प्रतिष्ठान कास्की, पोखराले स्थापना दिवसको अवसर परेर १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
स्याङ्जाको फेदिखोला १ स्थित अयेरपानी सामुदायिक होमस्टेमा भएको साधारण सभाको शुभारम्भ गर्दै संस्थाका पुर्व अध्यक्ष एवं रजत महोत्सव मूल आयोजक समितिका संयोजक निरज थापाले विभिन्न परिवेशका कारण बिचमा केहि सुस्ताए जस्तो देखिएता पनि नेतृत्व परिवर्तनसँगै बनेको नयाँ टिमले छोटो समयमा राम्रो काम गरेकोमा खुसी व्यक्त गर्दै आउने दिनमा अझ सक्रियतापूर्वक लाग्न सबैलाई अनुरोध गरे ।
बिशेष अतिथि पोखरा १३ का पुर्व वडाध्यक्ष राजन गुरुङले आफू वडा अध्यक्ष हुनेताका नै वातावरणको क्षेत्रमा काम गर्ने उत्कृष्ट संस्था भनेर नगरपालिकाबाट हेरालोलाई पुरस्कृत गरिएको स्मरण गर्दै राम्रो संस्थासँग जोडिन पाएकोमा आयोजक प्रति आभार व्यक्त गरे ।
स्थापना दिवसको उपलक्ष्यमा एक आपसमा शुभकामना आदानप्रदान गरिएको सभामा सबैलाई शुभकामना दिदै अध्यक्ष धनराज पुरीले प्रत्यक्ष उपस्थित हुन असमर्थ स्वदेश तथा बिदेशमा रहने सदस्यहरुबाट समेत शुभकामना प्राप्त भएको जानकारी गराए ।
छेउघरे होमस्टेका संचालक एवं हेरालोका निवर्तमान अध्यक्ष झम गुरुङले आफ्नो गाउँघर आएकोमा स्वागत गर्दै होमस्टेले गाउँको मुहार फेर्न सहयोग पुग्ने अपेक्षाका साथ आफुहरु लागिपरेको बताए ।
सचिव, कोषाध्यक्ष र लेखा परीक्षकको प्रतिवेदन पारित गरेको सो सभामा पुर्व अध्यक्ष योगेन्द्र शेरचन, उपाध्यक्ष भेष बहादुर गुरुङ, सचिव तिलक थापा, कोषाध्यक्ष उमाकान्त पराजुली, सहसचिव दिपक भट्टराई सहित सदस्यद्वय पुजा शाह र याम बहादुर रानाभाटले पनि मन्तव्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस