स्पेनको दोनस्ती सानसेवाष्टियनमा नेपाली समाज गठन – अशोक लामा रुम्बा अध्यक्ष
596 Views
स्पेन । युरोपेली मुलुक स्पेनको दोनस्ती सानसेवाष्टियनमा नेपाली समाज गठन भएको छ ।
स्पेनमा क्षेत्रीय नेपाली समाज पाँच सदस्य सहितको समिति गठन भएको हो । सोमबार सम्पन्न उक्त गठनमा अशोक लामा रुम्बा अध्यक्ष पदमा सर्बसम्मत चयन भएका छन्।त्यस्तै उपाध्यक्षमा चिरञ्जीवी आचार्य,कोषाध्यक्षमा कमल बाहादुर थापा, सचिवमा सोमनाथ शर्मा,सदस्यमा अरुण दया पोख्रेल,नीराजन थापा चयन भएको जनाईएको छ।
त्यस्तै महिला सदस्यमा राधीका शर्मा चयन भएको नेपाली समाजका अध्यक्ष अशोक रम्बाले जानकारी दिनुभयो ।उक्त कार्यक्रममा पाईस बास्को क्षेत्रिय एनआरएनएका उपाध्यक्ष सन्तोष अधिकारी समेत उपस्थित रहेका थिए।
सफल व्यवसाय तथा सिन सिन क्योकुसिन गण्डकी प्रदेशका इन्चार्ज, क्योकुसिन करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री, वैदाम तामाङ सेवा समाजका आजिवन सदस्य समेत रहनु भएका अशोक लामा थुप्रै सामाजिक काममा सक्रियता देखिन्छन् ।
दोनस्ती सानसेवाष्टियनमा नेपाली समाजले गर्ने योजना समेत प्रस्तुत गर्नुभएको छ। नेपालीहरूलाई आइपर्ने विभिन्न दुःख समस्या र खुसीका क्षणहरुलाई संस्थागत रुपले एकजुट भई समाधान र सहकार्य गर्न प्रेरित हुने पनि जनाएका छन्।
आगामी दिनमा बोनस्ती र सम्पूर्ण पाइबस भरि छरिएर रहेका नेपालीहरुले मानवीय र मानवतावादी कार्यहरू र कार्यक्रम गर्नका लागि सहयोग गर्ने बताउनुभयो। उहांका अनुसार सम्पूर्ण नेपालीहरूको चाडपर्व संस्कार संस्कृति भाषा,भेषभुषा जगेर्ना गर्ने संरक्षण गर्दै हाम्रो भावी पुस्ताको लागि ऐतिहासिक रुपले प्रवर्धन गर्न प्रयास गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस