तामाङ पत्रकार सघं भक्तपुर शाखाको चौंथो अधिवेशन सम्पन्न अध्यक्षमा छेडुप तामाङ
174 Views
भक्तपुर । तामाङ पत्रकार सघं भक्तपुर शाखाको चौंथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्ष छेडुप तामाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएका छन् । उक्त अधिवेशन शनिबार सुर्यविनायक स्थित आशीर्वाद कोरियन भाषा सेन्टरको हलमा, रेडियो नेपालका कार्यकारी निर्देशक अमर ध्वज लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
शनिबार सम्पन्न चौंथो अधिवेशनबाट निर्वाचित १५ सदस्य कार्यसमितिमा चयन गरेको छ । उक्त नवनिर्वाचित कार्यसमितिमा,
अध्यक्ष: छेडुप तामाङ
उपाध्यक्ष: गणेश बज्र लामा
सचिव: सृजना पाख्रिन
सहसचिव: मिङ्मा योञ्जन
कोषाध्यक्ष: बुद्धि माया तामाङ
सदस्यहरू:
१.सुरेन तामाङ छ्युमी
२.जगत घिसिङ
३. निमा ब्लोन
४.मिङ्मा डोल्पा योञ्जन
५.डिबी गोले तामाङ
६.दावा दोर्जे तामाङ
७.प्रयास गोले
८. विक्रम तामाङ
९.अर्जुन तामाङ
१०.दावा मोक्तान तामाङ
गरि १५ जना कार्यसमितिमा निर्विरोध चुनिएको हो।
उक्त अधिबेशनबाट उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ सम्मानित हुनुभएका छन् । त्यसैगरी सोही सघंमा दुई कार्यकाल सम्पन्न गर्नुभएका निडर पत्रकार निवर्तमान अध्यक्ष सुदिन दोङ सम्मानित हुनुभएका छन् ।
नव-निर्वाचित कार्यसमितिले समाजको प्रगति, तामाङ समुदायको उत्थान, र पत्रकारिताको माध्यमबाट सांस्कृतिक पहिचानको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा नेपाल तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविन बल तामाङ, तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तन, वरिष्ठ गायक तथा संगीतकार रोज मोक्तान, तामाङ चलचित्र निर्देशक संघका अध्यक्ष केबी तामाङ घिसिङ, तामाङ चलचित्र संघका महासचिव उतर लामा, नेपाल तामाङ घेदुङका संघीय सदस्य तथा भाषा, लिपि तथा साहित्य विभाग प्रमुख हिरालाल दोङ, र तामाङ पत्रकार संघका संघीय महासचिव तिर्थमान बल सहभागी रहेका थिए।
यस्तै, तामाङ महानायक अमिर दोङ, कार्यक्रमलाई समाजसेवी अस्मान वाइवा, बागमती प्रदेशका सचिव जगत घिसिङ, उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिस तामाङ, काठमाडौं जिल्ला शाखाका अध्यक्ष सन्तोष योञ्जन, नेपाल तामाङ मौलिक ह्वाइला न्हानका उपाध्यक्ष अन्तरे घिसिङ, नेपाल राष्ट्रिय सांस्कृतिक घेदुङका उपाध्यक्ष निमा दोङ, गीतकार कुमार स्याङबा, समाजसेवी फुर्पादोर्जे मोक्तान, मोडल लाक्पा लामा, तथा गीतकार ज्ञानदास तामाङलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा खोज मिडियाका निर्देशक गणेश बज्र लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन संघकी सचिव सृजना पाख्रिनले गरेकी थिइन्। कार्यक्रममा अध्यक्ष छेडुप तामाङले संघको आगामी कार्यदिशा र जिम्मेवारीबारे चर्चा गर्दै संघले तामाङ समुदायको हित र पत्रकारिताको विकासमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख अतिथि अमर ध्वज लामाले तामाङ पत्रकारहरूको सक्रियता, योगदान, र समुदायमा उनीहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै संघलाई अझै प्रभावकारी बनाउन सहयोगको आवश्यकता रहेको बताए।
कार्यक्रमले तामाङ पत्रकार संघको चौथो अधिवेशनलाई मात्र नभई तामाङ समुदायको एकताको प्रतीकका रूपमा सफलतापूर्वक सम्पन्न गरेको छ। संघका पदाधिकारीहरूले पत्रकारितामार्फत समुदायको समस्या उजागर गर्न र तामाङ संस्कृतिको संरक्षणमा केन्द्रित रहने प्रतिज्ञा गरेका छन्।
सुर्यविनायक भक्तपुरको यो अधिवेशन तामाङ समुदायका लागि महत्वपूर्ण कदम सावित भएको छ।
प्रतिक्रिया दिनुहोस