ड्यामसाईड क्लबको अध्यक्षमा बराल
214 Views
पोखरा । पोखरा १७ मा रहेको ड्यामसाईड क्लबको १७ औँ साभारण सभा तथा १३ औँ अधिवेशनले रमेश प्रसाद बरालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति र्निविरोध चयन गरेको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा पुजन थकाली, उपाध्यक्षमा नितीन शेरचन(किरण), महासचिवमा राकेश श्रेष्ठ, सचिवमा प्रमिन्द्र थापा र कोषाध्यक्षमा सफल थापा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सुनिल हिराचन, प्रकाश गुरुङ, सन्ध्या श्रेष्ठ, बिकास रानाभाट, राजेन्द्र रानाभाट, गम्वीर परियार, प्रकाश गुरुङ र मिराज थापामगर र्निविरोध चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष बरालले क्लबबाट हालसम्म दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन भइसकेको बताउँदै खेल बिकासमा स्थानीयस्तरमा संचालित क्लबहरुको योगदान महत्वपुर्ण रहेको उल्लेख गरेका थिए ।
फुटबल खेललाई मुख्य उद्देश्य राखेर करिब तिन दशक अगाडी स्थापना भएको यस क्लबले खेलकुद सँगै सामाजिक कार्यमा पनि आफुलाई समर्पित गर्दै आएको महासचिव राकेश श्रेष्ठले बताए ।
क्लबले नवनिर्वाचित कार्यसमितिको पदस्थापन मंसिर २९ गते शनिबार गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस