गरिमाको १८ औं वार्षिकोत्सव, गरिमाले पोखरामा गरेको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन
62 Views
पोखरा । गरिमा विकास बैंकले विविध कार्यक्रम गरी आफ्नो १८ औं वार्षिकोत्सव आज मनाएको छ । वार्षिकोत्सवकै अवसरमा आज पोखराको क्षेत्रीय कार्यालयमा भएको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन भएको छ ।
बैंकका पूर्वअध्यक्ष चन्दकान्त बराल र जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेले पहिलो रक्तदातातालाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।गरिमा विकास बैंक, पोखराका क्षेत्रीय प्रमुख मेघबहादुर केसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन गरिमा विकास वैक, सभागृहचोक शाखाका प्रमुख सूर्यबहादुर रानाभाटले गरेका थिए ।
रानाभाटका अनुसार गरिमा विकास बैंकको अहिले ९ लाख सेवाग्रही रहेका छन् । ५ दशमलव ६८ अर्व चुक्ता पूँजी रहेको छ । गरिमाका देशभर १ सय २३शाखा, १ एक्सटेन्सन काउन्टर, ५१ वटा एटिएम र सात वटै प्रदेशमा सेवा रहेको छ ।
बैंकमा आज शुक्रमारसम्म ८४ दशमलव ७५ अर्व डिपोजिट र ७३ दशमलव ५० अर्ब लगानी रहेको रानाभाटले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई एउटा बेथलाइजर र एउटा रंगिन प्रिन्टर सहयोग गरेको छ ।
प्रतिक्रिया दिनुहोस