बाँगेको मैदान माबिका विद्यार्थीलाई उत्प्रेरणा तालीम
353 Views
पोखरा । स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं ५ बाँगेमा रहेको मैदान माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई उप्रेरणा सम्बन्धि कार्यक्रम मंगलबार सम्पन्न भयो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चेतनदास शर्माले विद्यार्थीहरुले हरेक दिन पाठ्यक्रमका सामाग्रीको साथै बाहिरी ज्ञान पनि लिदै रहनुपर्ने बताउँदै अभिभावक र शिक्षकले बालबालिकालाई सधैं सकारात्मक कुरा गरेर प्रेरणा दिइ रहनुपर्ने बताए ।
कसरी पढ्ने कसरी सिक्ने किताबका लेखक कृष्ण क्षेत्री उदयले आफ्नो किताबमा आफुले शिक्षक, घर परिवारका सदस्य, साथीभाइ बाट सिकेका र जिवनमा भोगेका अनुभव, अनुभुतिहरु समेटिएको बताए । साथै उनले विद्यार्थी तथा अभिभावक समय अनुसार प्रबिधि मैत्री हुनुपर्ने तर सोसल मिडियामा दैनिक कति समय दिनुपर्ने तथा के को लागि दिनुपर्छ भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय पार्षद सागर कार्कीले बोल्ने कलाका फाइदा र बोल्न नजान्दाका बेफाइदाहरुको बारे प्रशिक्षण दिदै जुनसुकै पेशा ब्यबसायमा पनि बोल्ने कलाको महत्त्व रहेको बताउँदै विद्यार्थी कालमै बोल्ने कला सिक्नुपर्ने बताए ।
संघर्षमा कलमका अध्यक्ष तथा पत्रकार कृष्ण रानाभाटले विद्यार्थीकालमा समयको सदुपयोग गर्न जानेमा जिवन भर सुख पाइने बताउदै आफुलाई आबश्यक तालिमहरु समयमै लिनुपर्ने बताए ।
वेभपेज नेपालका सिइओ पितम सेन ठकुरीले योग र ध्यानको महत्त्व बुझाउँदै साना बाबुनानीहरुलाई योग सम्बन्धि प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कक्षा १ देखि ६ सम्म एक समुह, कक्षा ७ देखि १२ सम्म अर्को समुह गरी दुई समुहमा बिभाजन गरी विद्यार्थीहरुलाई प्रशिक्षण र उत्प्रेरणा सम्बन्धि तालिम दिइएको थियो ।
सो अबसरमा विद्यार्थीहरुका साथै शिक्षक, अभिभावक, विद्यालय ब्यबस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी एवं सदस्यहरुको उल्लेख उपस्तिथि रहेको थियो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चेतनदास शर्मा, प्रधानाध्यापक थानेस्वर पौडेल, टेक नारायण गुरुङ र लेखापाल सुनिल क्षेत्रीले विद्यार्थी काल बाट नै बालबालिकाहरुलाई योग, ध्यान, विभिन्न तालिम दिन सकेमा विद्यार्थीको भबिष्य उज्ज्वल हुने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस