आमाद्धारा छोराको कन्सल्टेन्सी व्यवसाय शुभारम्भ
331 Views
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ न्युरोडमा एक एजुुकेशन कन्सल्टेन्सीका संचालकले सोमबार आफ्नी आमालाई प्रमुख अतिथि बनाएर सेवा शुभारम्भ गरेका छन् ।
बराह एजुकेशन कन्सल्टेन्सी प्रा.लि.का संचालन सन्तोष कुइकेलले आफ्नै आमा विष्णु माया कुइकेलले रिबन काटेर छोराको व्यवसायको शुभारम्भ गर्दै छोराको व्यवसाय राम्रो होस् भन्दै शुभकामना व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष तथा दरबारथोक मिडिया प्रा.लि.का अध्यक्ष कृष्ण रानाभाटले वैदेशिक अध्ययनमा जानेलाई विश्वासिलो वातावरण तयार गर्न सके कन्टल्टेन्सी व्यवसायको भविष्य रहेको वताए ।
बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानका महाअभियान्ता बिश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरीले आफु जति ठुलो भए पनि आमा बुबा भन्दा ठुलो कोही नहुने भएकोले आमाको हात बाट ब्यबसाय शुभारम्भ गर्नु अनुकरणीय कार्य भएको बताए ।
सो अवसरमा रुपाकोट सुन चाँदी पसलका संचालक दशरथ सुनार, पोखरा बस व्यवसायी समितिका अध्यक्ष देवी कुइकेल, लायन्स क्लब .३२५ एमकी जोन चियर पर्सन लक्ष्मी कोइराला, लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
संचालक सन्तोष कुइकेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मित्रता बहु खवुद्धिराज भट्टराईले र संचालन प्रफेक्ट प्रिन्टिङ तथा एकेडेमीका प्रबन्ध निर्देशक नविन श्रेष्ठले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस