विद्यार्थीहरुको सिकाइमा उत्प्रेरणा जगाउने कार्यशाला सम्पन्न
566 Views
पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. ६ ताप्राङमा रहेकोे महारुद्र माध्यमिक विध्यालयको आयोजनामा सिकाइमा उत्प्रेरणा जगाउने १ दिने शिक्षक विद्यार्थी कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा कसरी पढ्ने, कसरी सिक्ने किताबका लेखक कृष्ण क्षेत्री ‘उदय’ले आफ्नो अनुभव र सिकाइको बारेमा विद्यार्थी तथा शिक्षकहरुलाई पढाइको साथसाथै जिवन सार्थक रुपमा जिउने कलाको बारेमा बताएका थिए ।
उनले आफुले सिकेको जानेको कुरा अरुलाई बाढ्नु पर्ने हजुर बुबाको प्रेरणाबाट आएको बताउँदै आफ्नो किताब कसरी पढ्ने कसरी सिक्नेमा भएका बिषय बस्तुले शिक्षक विद्यार्थीले धेरै कुरा बुझ्न सक्ने बताउँदै आफुले सरल भाषाले उदाहरण सहित बुझाउने कोशिश गरेको बताए ।
सो अबसरमा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले मानव यस पृथ्वीको उत्कृष्ट प्राणी त सबैलाई थाहा छ तर जन्मे देखि जति बाँचिन्छ त्यति सम्म के के गर्नु पर्छ भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।
मेमोरी च्याम्पियन समिर बरालले कुनै पनि पढेको कुरा सम्झन सक्ने क्षमता कुनै दैबि शक्ति नभएर कडा मेहनत र उचित तरिकाले आफुले पढेको कुरा सजिलै सम्झन सकिने बताए ।
कार्यक्रममा वेभपेज नेपालका पितम सेन ठकुरीले संगीत, ध्यान र मनको एकाग्रता ले नै विद्यार्थी तथा शिक्षक बीचको सम्बन्ध सुमधुर बनाउन सकिने र जिवनमा आइपर्ने समस्या संग सजिलै पार पाउन सकिने बताए ।
विद्यालयका प्रधानाध्यापक डिल्लीराम देवकोटा विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा बताउँदै विद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै दिनु भन्दा बाहिरी शिक्षा पनि दिइ रहनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस