राष्ट्रिय भूमि अधिकार मञ्चले बुझायाे उपप्रधान तथा शहरी विकास मन्त्रीलाइ माग पत्र
208 Views
पोखरा । गण्डकी प्रदेश नवलपुर जील्ला देवचुली नगरपालिका वडा नं. २ का १२० घरधुरी वाढीपिडित समुदाय र राष्ट्रिय आवास कम्पनीका प्रतिनिधिले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिह संग भेटवार्ता गरि माग पत्र बुझाएका छन् ।
छलफलका क्रममा मन्त्री सिंहले राष्ट्रिय आवास कम्पनीको सहजिकरणमा केविनेटबाट नै उक्त क्षेत्रको जग्गाको मुल्याङ्कन गरि पिडितलाई रकम उपलब्ध गराउने वा सोही क्षेत्रफलको जग्गा अन्यत्र व्यवस्था गरि सो जग्गाको स्वमित्व निशुल्क वाढी पिडितलाई दिलाउने बताउनुभयो ।
सो अबसरमा राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका अध्यक्ष ल्याम बहादुर दर्जी, केन्द्रिय सदस्य मनरुपा कुमाल, राष्ट्रिय भूमि अधिकार मञ्च नवलपुरका अध्यक्ष भैरव गुरुङ, वाढी पिडित संघर्ष समितिको तर्फबाट टेक ब. माझी, देवचुली २ का पूर्व वडा अध्यक्ष माधव केसी, समाजसेवी भेषराज न्यौपाने, राष्ट्रिय भूमि अधिकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष राम बहादुर लामिछाने, किसान नेता भानु सिग्देल, राष्ट्रिय आवास कम्पनीका महाप्रवन्धक राम कृष्ण निरौला लगायतको उपस्थिति थियो भने सहजीकरण भरत तिवारीले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस